Listen Live

घरेलु हिंसा सम्बन्धि ३० वटा उजुरी


माघ २७
चालु आर्थिक वर्षको पौष मसान्त सम्म घरेलु हिंसा सम्बन्धि ३० वटा उजुरी परेको महिला तथा बालबालिका सेवा केन्द्र दोलखाले जनाएको छ ।
श्रावण महिना देखी पौष मसान्त सम्म ३० वटा घरेलु हिंसा सम्बन्धि उजुरी परेकामा ९ वटा मिलापत्र गरिएका छन् भने २ वटा उजुरी अदालती प्रक्रियामा गएका छन् ।
यसैगरी एउटा मुद्धा दर्ता भएको छ भने १९ उजुरी प्रक्रियामा रहेका महिला तथा बालबालिका सेवा केन्द्र दोलखाका प्रमुख प्रहरी सहायक निरीक्षक सुदिप बस्नेतले जानकारी दिनुभयो । यसैगरी ६१ वटा ठाडो निवेदन परेको छ ।
ठाडो निवेदन अन्र्तगत मानसीक तथा शारीरीक यातना लगाएतका घटना रहेका छन् । गत वर्ष दोलखामा १ सय १ वटा घरेलु हिंसा सम्बन्धि घटना दर्ता भएका थिए ।

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP