Listen Live

बाख्रापालन सम्बन्धी पाँचदिने तालिम


माघ २८÷सुनखानी
जिविकोपार्जन पुर्नस्थापना अन्तरगत बाख्रापालन सम्बन्धी पाँचदिने तालिम दोलखाको सुनखानी गाविसमा आजबाट शुरु भएको छ ।  लिट्रोसी मिसन नेपालले भूकम्पबाट प्रभावितको जिविकोपार्जनमा सहयोग गर्ने उद्धेश्यले तालिम आयोजना गरेको हो । तालिममा गाविस स्थित निलकमल कृषि सहकारी संस्थाका १० जना र नाम्दु गाविसको स्वयम्साता कृषि साकोसका १० जना गरी २० जनाको सहभागिता रहेको छ ।
उक्त तालिम  कुष्ठरोगबाट प्रभावित ब्यक्ति, अपाङगता भएका ब्यक्ति, सिमान्तकृत समुदायका नागरिकलाई लक्षित गरी आयोजना गरिएको  लिट्रोसी मिसन नेपालका प्रमुख केवी अधिकारीले बताउनुभयो । तालिमको खड्ग कुमार मैनालीले सहजीकरण गरिरहनुभएको छ । जिविकोपार्जनमा सहयोग होस् भनि लिट्रोसी मिसन नेपालले  तालिममा सहभागी २० जनालाई बाख्रा पालनका लागि नगद २० हजार सहयोग गर्ने पनि बताएको कालिञ्चोक सहकर्मी कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त संस्थाले यसअघि पनि निलकमल कृषि सहकारी संस्थाका शेयर सदस्यहरुलाई आवास निर्माणमा सहयोग पुगोस् भनी २० हजार सहयोग गरेको थियो । यसैगरी कुष्ठरोगबाट प्रभावित दोलखाको सुन्द्रावती गाविसका कृष्ण प्रसाद शिवाकोटी, भिमेश्वर नगरपालिकाका सोम बहादुर विक, नाम्दुका बाबुराम खड्का र सोही गाविसका सर्केनी दमिनीलाई घर निर्माणका लागि नगद ४ लाख सहयोग गरेको थियो ।
उक्त संस्थाले दोलखा सहित अन्य जिल्लामा पनि विभिन्न कार्याक्रम सञ्चालन गर्दे आएको छ । आजको कार्याक्रममा समाजसेवी सग्राम बहादुर आचार्य, आनन्ददायिक बहुद्धेश्यीय सहकारी स.स्थाका सचिव गंगा बहादुर पौडेल, कालिनाग साकोस्का अध्यक्ष मोहन प्रसाद पाठक, निलकमल कृषि सहकारी संस्थाका अध्यक्ष टहल बहादुर आचार्य लगाएतको उपस्थिति रहेको थियो ।

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP