Listen Live

अनिश्चितकालका लागी स्थानीय निकायका कर्मचारीले गरे सम्पुर्ण सेवा ठप्प


फाल्गुण १÷चरिकोट
स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर्नुपर्ने लगाएतका ६ बुँदे माग राख्दै आन्दोलनमा उत्रीएका स्थानीय निकायका कर्मचारीले आज देखी अनिश्चितकालका लागी सम्पुर्ण सेवा बन्द गरेका छन् । माघ १९ गते देखी फाल्गुण १ गते अर्थात आज सम्म चरणबद्ध आन्दोलनमा उत्रीएका उनिहरुले आजदेखी अनिश्चितकालका लागी स्थानीय निकायका सम्पुर्ण सेवा बन्द गरी आन्दोलनमा उत्रीएका हुन् ।  
नयाँ स्थानीय तहहरुबाट जनअपेक्षा बमोजिमको प्रभावकारी सेवा प्रवाह गर्न सक्ने सांगठनिक संरचना र जनशक्तिको व्यवस्थापन गर्नुपर्ने, सम्पूर्ण कार्यालय तथा सेवा केन्द्रहरुमा असल कार्य संस्कृति र उचित कार्य वातावरणको सिर्जना गर्न निश्चित नीति, योजना तथा कार्यक्रमहरु अगाडि बढाउनु पर्ने, स्थानीय निकायमा अस्थायी तथा करारमा रही सेवा गरीरहेका ६ हजार कर्मचारीहरुको सेवालाई निरन्तरता दिदै अब बन्ने ऐन, नियम, कार्यविधि, गठन आदेशहरुबाटै स्थायित्व र व्यवस्थापनको कुरा सम्बोधान गर्नुपर्ने लगाएतका माग राखी आन्दोलन परिचालन समिति दोलखाले धर्ना कार्यक्रमका साथै कलम बन्द गरी आन्दोलन गरीरहेका थिए ।
आन्दोलनका कार्यक्रमलाई सामान्य रुपमा अघि बढाउँदा सम्बन्धित निकायले सम्वोधन नगरे पछि आज देखी जिल्ला विकास समिति, नगरपालीका सहित गाउँ विकास समितिका कर्मचारीहरु अनिश्चितकालका लागी सेवा बन्द गर्न बाध्य भएका स्थानीय निकाय कर्मचारी संघ दोलखाका अध्यक्ष जगदिश अर्यालले जानकारी दिनुभयो ।
आन्दोलनका कार्यक्रमहरु मार्फत माग पुरा नभएमा स्थानीय निकायका सबै सेवाहरु अनिश्चितकालिन रुपमा बन्द गर्ने र स्थानीय निकायहरुमा कार्यरत कार्यालय प्रमुखहरुलाई मन्त्रालय फिर्ता पठाउने लगायतका सशक्त आन्दोलनका कार्यक्रमहरु संचालन गर्ने चेतावनी समेत स्थानीय निकाय टे«ड यूनियन संयुक्त आन्दोलन परिचालन समिति दोलखाले दिएको छ । स्थानीय निकायका कर्मचारीहरु आन्दोलनमा उत्रे पछि सेवाग्राही भने सदरमुकाम चरिकोट सम्म आएर त्यसै फर्किन बाध्य भएका छन् ।

Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP