Listen Live

दोलखामा वृहत साङ्गीतिक महोत्सव हुँदै


फाल्गुण २÷दोलखा
दोलखामा वृहत साङ्गीतिक महोत्सव तथा मध्यमाञ्चल विकास क्षेत्र स्तरीय खुल्ला लोकदोहोरी प्रतियोगीता सञ्चालन हुने भएको छ । दोलखाली समाजको आयोजना तथा दोलखाली कलाकार समाजको सक्रियतामा यहि चैत्र २३ गते देखी २७ गते सम्म महोत्सव सञ्चालन हुन लागेको हो ।
सदरमुकाम चरिकोटमा आज अन्तरक्रिया कार्यक्रमको आयोजना गरी दोलखा जिल्लालाई संगीतको माध्यमबाट थप परिचित गराई दोलखाको पर्यटन र संस्कृतिको विकासमा थप टेवा पुर्याउने उद्धेश्यले महोत्सव गरिन लागेको दोलखाली कलाकार समाजका अध्यक्ष लोक प्रसाद दहालले जानकारी दिनुभयो ।
महोत्सव सहित मध्यमाञ्चल विकास क्षेत्र स्तरीय खुल्ला लोकदोहोरी प्रतियोगीतामा करिव ३० लाख रुपैया खर्च हुने अनुमान गरीएको छ ।
दोलखाली समाजले महोत्सव सफल बनाउन सकेको सहयोग गर्न सबैले अपिल समेत गरेको छ ।

Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP