Listen Live

राहत वितरणमा गरिएको अनियमीतताबारे बुझ्न उजुरी छानबिन उपसमितिका पदाधिकारी दोलखामा

राहत वितरणमा गरिएको अनियमीतताबारे बुझ्न उजुरी छानबिन उपसमितिका पदाधिकारी दोलखामा


फाल्गुण २÷दोलखा

भुकम्प प्रभावितलाई वितरण गरीएका राहत सामग्रीका विषयमा छानबिन गर्न उजुरी छानबिन उपसमितिका पदाधिकारी दोलखा आएको छ । भुकम्प पछि विभिन्न संघ संस्थाले वितरण गरेको राहतमा भएको अनियमीतताबारे बुझ्न व्यवस्थापिका संसद सार्वजनिक लेखा समिति अन्र्तगत गठन गरीएको उजुरी छानबिन उपसमितिका पदाधिकारी दोलखा आएको हो । उनिहरुले दोलखाको जिरी नगरपालीका सहित जफे र बोच गाविसका भुकम्प प्रभावित सँग भुकम्प पछि वितरण गरीएका राहत र उनिहरुका गुनासाबारे जानकारी लिएका छन् ।
जिरी नगरपालीका सहित बोच र जफे गाविसका भुकम्प प्रभावितले प्लान इन्टरनेश्नल नेपाल, लुथ्रान्स वल्र्ड फेडेरेसनले सहयोग वापत वितरण गरीएको सामग्री र घर निर्माण सामग्रीमा अनियमीतता गरेको भन्दै विरोध जनाएका थिए । भुकम्प प्रभावितको गुनासा व्यवस्थापीका संसदमा सांसदहरुले उठाए पछि सत्य तथ्य छानबिन गर्न दोलखा आएको सार्वजनिक लेखा समितिका सदस्य तथा उजुरी छानबिन उपसमितिका संयोजक उषा गुरुङले जानकारी दिनुभयो ।ं
छलफलमा बोच गाविसका भुकम्प प्रभावितले प्लान इन्टरनेश्नल नेपालले मनलाग्दी ढंगले जस्ता वितरण गरेको बताएका थिए । उनिहरुले अस्थायी आवास निर्माणका लागी तराईबाट ल्याइएको बाँस भनेर स्थानीय क्षेत्रमै उपलब्ध हुने गुणस्तरहिन बाँस वितरण गरेको बताएका थिए । प्रति गोटा ३ सय रुपैया पर्ने बाँसको ३ हजार रुपैया भनि भुकम्प प्रभावितको नाममा आर्थिक अनियमीतता गरेको भन्दै सत्य तथ्य छानविन गर्न बोच गाविसबासीले आग्रह गरेका छन् ।
कार्यक्रममा बोच गाविसका सचिव तिर्थराज घिमीरेले भुकम्प प्रभावितका लागी प्रदान गरिने सेवा सुविधा वितरणमा देखीएका समस्याबारे जानकारी गराउनु भएको थियो ।

Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP