Listen Live

सदरमुकाम चरिकोटका पसलमा गरियो छड्के अनुगमन

सदरमुकाम चरिकोटका पसलमा गरियो छड्के अनुगमन


फाल्गुण २÷दोलखा
उपभोक्ताको हक अधिकारलाई ख्याल राख्दै आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले सदरमुकाम चरिकोटका व्यवसायीलाई लिखीत निर्देशन दिएको छ ।
जिल्ला प्रशासन कार्यालय दोलखाको अनुरोधमा आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले दोलखा सदरमुकाम चरिकोटका हार्डवेयर, किराना तथा बेकरी उद्योगमा गरेको अनुगमनका क्रममा आवश्यक सुधारका लागी लिखित निर्देशन दिएको हो ।
व्यवसायीलाई खरिद बिल र बिक्री बिल, मुल्य सुचि साईन बोर्ड, म्याद नाघेका र लेबल नभएका सामग्री बिक्रि नगर्न ढक तराजु नापतौलको प्रमाण पत्र अनिवार्य राख्न निर्देशन दिएको छ । यसैगरी खाद्यान्न स्टोरलाई खाद्य सामग्री र अखाद्य सामग्री अलग अलग राख्न पनि विभागले निर्देशन दिएको छ ।
बेकरी उद्योगलाई भने प्याकिङ गर्दा उत्पादन मिति र उपभोग्य मिति अनिवार्य राख्न निर्देशन दिएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटवालले जानकारी दिनुभयो ।
दोलखा सदरमुकाम चरिकोटका १३ वटा पसलमा छड्के अनुगमन गरिएको थियो । अनुगमनका क्रममा पेय पदार्थहरु फ्यान्टा, फ्रुटी चकलेट, कुरकुरे सुजि, बिस्कुट, केक, चाउचाउ, चोकोपन लगाएका सामग्री म्यान नाघेका र लेवल नभएका पाइए पछि नष्ट गरिएको छ । सबै भन्दा बढि म्याद नाघेकामा बिस्कुट रहेको पाइएको छ ।  
आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका ढुण्डीराज पोखरेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले बजार अनुगमन गरेको हो ।

Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP