Listen Live

आज प्रेम दिवस, दोलखामा लेखियो प्रेम पत्र


फाल्गुण ३÷चरिकोट
आज फेबु्रअरी १४, पे्रम÷प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे । मायापे्रम साटासाट गर्दै विश्वभर भ्यालेन्टाइन डे को रुपमा मनाईंदैछ । नेपालमा पनि युवाहरुले आफ्ना पे्रमीपे्रमिकालाई विभिन्न उपहार दिएर मनाउने गर्दछन् भने विवाहित दम्पत्तिले पनि यो दिन उपहार दिने तथा शुभकामना आदानप्रदान गर्ने गर्दछन् ।
आज विभिन्न पार्क तथा सार्वजनिक स्थलहरुमा युवायुवतीको भीड लाग्ने गरेको छ । विभिन्न ठाउँमा सांगितीक मनोरञ्जनहरु पनि हुने गरेका छन् । ईसापूर्व करिब ३ सय ५० तिर इटालीका तत्कालीन शासक क्लाउडियसको तानाशाही प्रवृत्तिको विरोधमा उत्रिएका सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
प्रणय दिवसको अवसरमा दोलखामा पनि प्रेम पत्र लेखन प्रतियोगीता सम्पन्न भएको छ । गौरीशंकर सामुदायीक पुस्तकालय, आई एम ई सेन्टर र एम के फेन्सी फेयर दोलखा सँगको साझेदारीमा कालिन्चोक सामुदायीक एफएम दोलखाले प्रेम पत्र लेखन प्रतियोगीताको आयोजना गरेको हो ।
प्रतियोगीतामा अवदेश बुढाथोकी प्रथम, प्रदिप कार्की द्धितीय र प्रदिप सेन्चुरी तृतीय हुनु भएको छ । उहाँहरुलाई क्रमश नगद ३ हजार ३ सय ३३, २ हजार २ सय २२ र १ हजार १ सय ११ रुपैया नगद प्रमाण पत्र, सहित गौरीशंकर सामुदायीक पुस्तकालय, आई एम ई सेन्टर र एम के फेन्सी फेयर दोलखाले उपलब्ध गराएको विभिन्न उपहारले पुरस्कृत गरीएको छ ।
१३ जनाको सहभागीता रहेको प्रतियोगीतामा १० जना सहभागीलाई सहभागीताको प्रमाण पत्र प्रदान गरीएको थियो ।
प्रतियोगीता कालिन्चोक सामुदायीक एफएम दोलखाका अध्यक्ष दिपक बस्नेतको अध्यक्षतामा सम्पन्न भएको हो ।

Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP