Listen Live

फेकोफनको राष्ट्रिय कार्यसमितीको सातौ वैठक दोलखामा सुरु


फाल्गुण ३÷चरिकोट
सामुदायीक वन उपभोक्ता महासंघ नेपाल राष्ट्रिय कार्यसमितीको सातौ वैठक दोलखा सदरमुकाम चरिकोटमा आजबाट सुरु भएको छ । वैठकको एक कार्यक्रमका बिच संस्कृती पर्यटन तथा नागरिक उड्डयन पुर्व मन्त्री आनन्द प्रसाद पोखरेलले उद्घाटन गर्नुभयो ।
वैठकको उद्घाटन सत्रमा जिल्ला बन कार्यालय दोलखाका सहायक बन अधिकृत गोविन्द दहालले दोलखामा वनको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यसैगरी  भोला खतिवडाले सामुदायीक वनका सवालबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । गौरीशंकर संरक्षणको क्षेत्रका विषयमा फरेस्ट एक्सनका गोविन्द पौडेल र दोलखा जिल्लाको सामुदायीक वनको सवालबारे सामुदायीक वन उपभोक्ता महासंघ दोलखाका पुर्व अध्यक्ष हरिहर न्यौपानेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
वैठकको उद्घाटन सत्रमा मन्तव्य व्यक्त गर्नुहुदै सामुदायीक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष गणेश कार्कीले भुकम्प पिडितका लागी काठ वितरण गर्ने निर्देशीका प्रत्यक भुकम्प प्रभावित जिल्लाको जिल्ला बन कार्यालयमा पठाइएकाले सामुदायीक वन उपभोक्ता महासंघ जिल्ला शाखाले चासो दिनुपर्ने बताउनुभयो ।
सामुदायीक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ दोलखाका अध्यक्ष कमला बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काङ्ग्रेस दोलखाका सचिव सन्तोष रिमाल, नेकपा एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेल, जिल्ला विकास समिति दोलखाका पुर्व सभापति लालकुमार केसी, सामुदायीक वन उपभोक्ता महासंघ नेपाल राष्ट्रिय कार्यसमितीका सल्लाहकार घनश्याम पाण्डे, भिम प्रसाद श्रेष्ठ, केयर नेपालका कार्यक्रम अधिकृत मान बहादुर बिक लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
भोलीबाट सुरु हुने वैठकको बन्दसत्रमा सामुदायीक वनमा डढेलो नियन्त्रण, गौरीशंकर संरक्षण क्षेत्र, भुकम्प प्रभावितलाई काठ वितरणको विषय लगाएत समसामयीक विषयमा छलफल गरिने छ । बैठकको अन्तिम दिन बिहिबार दोलखा घोषणा पत्र जारी गर्दै बैठक सम्पन्न हुने छ । बैठकमा भाग लिन देशभरका सामुदायीक बनका अभियान्ता दोलखा आएका छन् ।

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP