Listen Live

दोलखामा पुन निर्माणको अभियान


फाल्गुण ४÷चरिकोट

निर्माण सामग्रीको अभाव, दक्ष कामदारको अभाव लगाएत विभिन्न समस्याका कारण भूकम्प प्रभावित जिल्लामा पुननिर्माणको काम प्रभावित बनेको छ ।
 भूकम्प गएको २२ महिना वितिसक्दा समेत अधिकाशं प्रभावितहरु अहिलेपनि त्यही पुरानो अस्थायी टहरामा बस्न बाध्य भएका छन् । भूकम्प गएको झण्डै डेढ वर्षपछि अनुदान सम्झौता गरेका भूकम्प प्रभावितहरुले अनुदानको पहिलो किस्ता ५० हजार लिएपनि अधिकाशंले घर बनाउन शुरु गरेका छैनन् । कतिपय भूकम्प प्रभावितहरु घर बनाउने तयारीमा रहेपनि निर्माण सामग्री नपाउँदा समस्यामा परेको गूनासो गर्छन् भने कतिपय दक्ष डकर्मी नपाउँदा समस्या भएको बताउँछन्, कतिपय चाहिँ पुननिर्माणको काम शुरु भएसँगै कामदारको ज्याला निकै बढेपछि आर्थिक समस्याले गर्दा घर बनाउन नसकेको गूनासो गर्छन् ।
ढुङगा, गिट्टी, बालुवा, काठ चाहिएको बेला पाइँदैन, पाए पनि दोब्बर मूल्य तिर्नुपर्छ, कामदारको ज्याला तेस्तै बढेको छ, अनुदानको ५० हजारले घरको जग हाल्नुपर्ने भएपनि सामान ढुवानीमा त्यो भन्दा बढी खर्च हुन्छ, कसरी घर बनाउनु दोलखाका भूकम्प प्रभावितहरु गुनासो गर्छन् । अहिलेसम्म जिल्लामा करिव २८ सय ६१ घर मात्रै बनेको बताइएको छ । त्यो पनि विभिन्न सघंसंस्थाको सहयोगमा निर्माण भएका हुन् ।
सघंसंस्थाको सहयोगमा र सरकारी अनुदान लिएर गरी जिल्लामा २८ सय ६१ घर बनेका छन् भने ३ हजार ४ सय ६५ घर निर्माणको चरणमा रहेका पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय दोलखाका प्रमुख सागर आचार्यले जानकारी दिनुभयो । यसैगरी अहिलेसम्म करिव ५ सय ७० जनाले मात्रै दोस्रो किस्ताका लागि निवेदन दिएका छन् । आचार्यका अनुसार ४८ हजार ६५ जनासँग अनुदान सम्झौता गरिएकोमा ४६ हजार ४ सय ७२ जनाको बैंक खातामा पहिलो किस्ताको रकम निकासा गरिएको छ ।
शुरुमा दोलखाका करिव ५१ ह्जार ९ सय भूकम्प प्रभावितको नाम लाभग्राही सूचीमा समावेश भएर आएपनि पुननिर्माण प्राधिकरणले केही समयअघि गरेको गुनासो सम्बोधनका क्रममा जिल्लाका ८ हजार २ सय ३ भूकम्प प्रभावित थपिएका छन् ।

Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP