Listen Live

जिल्ला फुटबल संघ दोलखा प्रति संघमै आवद्ध पदाधिकारीको असन्तुष्टि


फाल्गुण ४÷चरिकोट
जिल्ला फुटबल संघ दोलखाको वर्तमान कार्य समितिले नेतृत्व आफ्नै नियन्त्रणमा राखेको भन्दै संघमै आवद्ध पदाधिकारीले असन्तुष्टि जनाएका छन् । उनिहरुले कार्यसमितिको भावना, विचार तथा योजनालाई लत्याएर आफु खुशी एकलौटी ढंगले अघि बढेको भन्दै दोलखा फुटबल संघका उपाध्यक्ष गोविन्द श्रेष्ठ, कार्यसमिति सदस्य जोन तामाङ सहित संघमा आवद्ध २१ क्लबले विरोध जनाएका हुन् ।
सदरमुकाम चरिकोटमा आज पत्रकार सम्मेलन गरी उनिहरुले ५ बुँदे अपिल गरेका छन् । अपिलमा जिल्लामा एन्फाको क्यालेण्डर भन्दा बाहेकको कुनै पनि फुटबल सम्बन्धि क्रियाकलाप नगरे पनि कार्य समिति सदस्यले कार्यक्रम तय गर्दा नेतृत्वले बैठकमै पेश गर्न नदिएको जनाएको छ ।
यसैगरी संघको नेतृत्वले वैठकमा उपस्थीत अन्य सदस्यहरुको मतलाई वेवास्ता गरी एकलौटी ढंगले निर्णय गर्ने गरेको, सदरमुकाम चरिकोटमा अवस्थीत एक मात्र खेल मैदान सुधारका लागी  आएको रकम दुरुपयोग गर्ने प्रवृत्तिका कारण मैदान धुलाम्मे र हिल्लाम्मे हुँदा खेल सञ्चालनमा समस्या आएको बताइएको छ ।
फुटबल खेलमा सक्रिय  रहेका डेढ दर्जन क्लबलाई विनाकारण निष्कासन गरी सदस्यता खारेज गरेको तथा अघिल्लो अधिवेशनबाट निर्वाचित दोलखा फुटबल संघका जिम्मेवार सदस्यहरुलाई विनाकारण एकै पटक अवैधानिक ढंगले निष्कासन गरेको र आफु खुशी कार्यसमिति सदस्य फेरबदल गरेको भन्दै उनिहरुले आपत्ति जनाएका छन् ।
जिल्ला फुटबल संघले गरेको उक्त क्रियाकलापको सत्य तथ्य छानविनका लागी एन्फामा अपिल गर्ने निर्णय गरीएको दोलखा फुटबल संघका उपाध्यक्ष गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । एन्फाले अपिलको सम्वोधन नगरे दोलखामा अर्को समानान्तर जिल्ला फुटबल संघ गठन गर्ने चेतावनी समेत उनिहरुले दिएका छन् ।

Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP