Listen Live

कर्मचारीको आन्दोलनले समस्यामा परेकालाई क्षतिपुर्ति दिइने


फाल्गुण ४÷चरिकोट
स्थानीय निकायका कर्मचारीको आन्दोलनका कारण समस्यामा परेका सेवाग्राहीलाई भीमेश्वर नगरपालीकाले क्षतिपुर्ति प्रदान गर्ने भएको छ । स्थानीय तहका कर्मचारीले फाल्गुण १ गते देखी सम्पुर्ण सेवा ठप्प गरे पछि भिमेश्वर नगरपालीकाका समस्यामा परेका सेवाग्राहीलाई नेपाल नगरपालीका कर्मचारी एशोसीएसन भीमेश्वर नगर इकाई दोलखाले क्षतिपुर्ति प्रदान गर्ने भएको हो ।
नगरपालीकामा आएका सेवाग्राहीको नाम टिपेर राखीएकाले उनिहरुको कामको शुल्क प्रदान गरिने नेपाल नगरपालीका कर्मचारी एशोसीएसन भीमेश्वर नगर इकाइ दोलखाका अध्यक्ष शुरेस राउतले जानकारी दिनुभयो । योग्यता र क्षमताको आधारमा अब हुने स्थानीय तहमा अर्थपुर्ण समायोजन गर्नुपर्ने लगाएतका माग राख्दै उनिहरु आन्दोलनमा उत्रिएका हुन् ।  

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP