Listen Live

राष्ट्रपति रनिङग शिल्ड विद्यालय खेलकुद प्रतियोगिता

राष्ट्रपति रनिङग शिल्ड विद्यालय खेलकुद प्रतियोगिता


फाल्गुण ६÷चरिकोट
छैठौँ राष्ट्रपति रनिङग शिल्ड विद्यालय खेलकुद प्रतियोगिता अन्तरगत दोलखा क्षेत्र नम्बर २ को विद्यालय स्तरीय खेल आजबाट शुरु भएको छ । प्रतियोगिताको दोलखा क्षेत्र नम्बर एकका सांसद एवम् नेकपा एमालेका केन्द्रिय सदस्य पार्वत गुरुङले उद्घाटन गर्नुभयो ।
प्रतियोगिता ३ दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा दोलखा क्षेत्र नम्बर दुइ अन्तरगतका कम्तिमा २४ समूहको सहभागिता रहेको बताइएको छ ।
जिल्ला खेलकुद विकास समिति दोलखाका अध्यक्ष हिरा थोकरको अध्यक्षतामा सम्पन्न भएको खेल उद्घाटन कार्याक्रममा सांसद पार्वत गुरुङ, प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा, स्थानीय विकास अधिकारी शंकर नेपाल, जिल्ला युवा समितिका अधयक्ष धिरज सुवेदी लगाएतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
प्रतियोगिता जिल्ला खेलकुद विकास समितिको आयोजना तथा अल्पाइन पब्लिक स्कुल चरिकोटको सहयोगमा आयोजना गरिएको हो ।  

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP