Listen Live

स्थानीय निकायमा कामकाज सुरु


फाल्गुण ६÷चरिकोट
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्थानीय निकाय ट्रेड युनियन संयुक्त समन्वय समिति बिच ७ बँुदे सहमती भए पछि स्थानीय निकायका सम्पुर्ण सेवा सुरु भएको छ ।
योग्यता र क्षमताको आधारमा अब हुने स्थानीय तहमा अर्थपूर्ण समायोजन गर्नुपर्ने लगायतका ६ बँुदे माग राख्दै आन्दोलनमा उत्रिएका उनिहरुको मागका विषयमा बिहिबार छलफल गरी ७ बँुदे सहमती भए पछि आज देखी काम सुरु गरीएको स्थानीय निकाय कर्मचारी संघ दोलखाका अध्यक्ष जगदिश अर्यालले जानकारी दिनुभयो ।  
सहमती बुँदामा लामो समय देखी कर्मचारीले गर्दै आएको दोहोरो जिम्मेवारीलाई कम गराउन सरकारलाई स्थानीय निकायको निर्वाचनका लागी नेपाल सरकारलाई अनुरोध गर्ने, स्थानीय निकायको स्वीकृत दरबन्दिमा नियमानुसार नियुक्ती भई अस्थायी र करारमा कार्यरत कर्मचारीहरुलाई स्थानीय तहको आवश्यकता र करारका शर्त बमोजिम हुने गरी सम्बन्धित स्थानीय तहले निरन्तरता दिने सम्बन्धमा आवश्यक निर्णय गर्ने लगाएत उल्लेख गरीएको छ ।  
स्थानीय तहका कर्मचारीले गएको १ गतेदेखि सम्पूर्ण सेवा ठप्प गरी आन्दोलनमा उत्रिएका थिए ।

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP