Listen Live

ABOUT US

          आजको युग सुचना र सञ्चारको युग हो । सुचनाको हकलाई लोकतान्त्रिक मुलुकमा जनताको संवैधानिक रुपमा व्यबस्था गरिएको हून्छ । ग्रामिण समुदायलाई आफ्नो हक अधिकारको बारेमा सुचित बनाउदै सचेत नागरिक विकास नभए सम्म समाजको विकास सम्भव छैन । सार्वजानिक  सरोकारका विषयमा बहस, अन्तरक्रिया, अनुगमन, तालिम, छलफल, पत्रिका प्रकाशन लगाएत प्रवद्र्धनात्मक अभियानमा असलसासन समन्वय समिति केन्द्रित छ । एक पछि अर्को नयाँ कार्यक्रम संचालन गर्दै आईरहेको असल सासन समन्वय समितिको उद्देश्य दोलखा जिल्लालाई भ्रष्टाचार मुक्त जिल्ला वनाउने पनि हो । त्यसैलाई साकार पार्न समन्वय समितिले संचारको माध्ममार्फत जिल्लाका गतिविधि, विभिन्न जातजाति, धर्म, वर्ग, लिग, क्षेत्र र प्राकृतिक स्रोत र स्वच्छ राजनितिक गतिविधिका वारेमा जानकारी गराउने उद्देश्यका साथ जिल्लामा पहिलो पटक सामुदायिक एफएम स्थापनाका लागि सञ्चालन इजाजत प्राप्त गरेको थियो ।  

       शिरमा गौरिशंकर हिमाल, काखमा तामाकोशी नदी र भिमेश्वर मन्दिर तथा कालिञ्चोक मन्दिरका साथमा असंख्य प्राकृतिक सम्पदा विभिन्न दलित, आदिवासि जनजातिहरु जस्तै विश्वकर्मा, नेपाली, चर्मकार, थामि, जिरेल, तामाङ, शेर्पा र गुरुङहरुको बासस्थान भएको दोलखा जिल्ला राजधानि काठमाडौ बाट १३३ कि.मि. उत्तर पूर्वमा पर्दछ । एक नगरपालिका र ५१ गाविस रहेको यो जिल्लाको भौगोलिक दृष्टिबाट स्वच्छ हावापानि पाइने प्राय गर्मी नहुने भएकाले र चिसो हावापानिले गर्दा पर्यटकीय स्थलको प्रवर्धनको गर्नु पनि आवश्यक छ । त्यसकारण पनि दोलखा जिल्लामा एफएमको स्थापना  र संञ्चालनलाई आवश्यक मानियो । २०६४ साल कात्तिक २१ गतेबाट प्रसारण सुरु भएको कालिञ्चोक एफएम २०७० कात्तिक २१ गतेबाट छैठौ बर्ष पुरा गरी सातौ बर्षमा पाइला टेक्न सफल भएको छ ।


कालिञ्चोक एफ. एम.को उद्देश्य ः
१.    दोलखा जिल्लाको स्थानिय निकाय तथा सरकारी कार्यलयहरुले सम्पादन गर्ने विकास निमार्णका काम तथा     त्यसले  समाजमा पारेका प्रभाव र असलसासनका लागि पैरवि गर्ने ।
२. खुल्ला राजनिति र सहभागिता मुलक विकास लागि जनमत तयार पार्ने ।
३. नेपाली परम्परा, संस्कृति, कला तथा धार्मिक संरक्षणका लागी महत्वपूर्ण योगदान पु¥याउने ।
४.    प्राकृतिक सम्पदा, मठमन्दिर तथा अन्य परम्परागत रितिरिवाज तथा पर्वहरुको प्रचारप्रसार गरि पर्यटन     व्यवसायलाई प्रोत्साहन गर्ने ।
५. समाजमा महिला,बालवालिका तथा अल्पमतमा परेका अशिक्षित असहाय तथा विपन्न वर्गको पहिचान तथा   तिनिहरुको उत्थानका लागि सहयोग गर्ने ।
६. आधुनिक प्रविधिका प्रयोग तथा आधुनिक कृषि प्रणालको बारेमा जानकारी गराई कृषी पेसालाई आधुनिक बनाउने ।
७. नयाँ उत्पादन प्रविधि तथा त्यसको बजारका लागि जनकारी गराउने ।
८. अन्य खोजमुलक तथा मनोरञ्जनात्मक कार्यक्रम संचालन गरी सहयोग पु¥याउने ।

संस्थाको पत्राचार ठेगाना
    जनकपुर अञ्चल, दोलखा जिल्ला, भिमेश्वर नगरपालिका वडा नम्बर १० चरिकोट
    फोन नं समाचारको लागी ः– ०४९४२१७७५
       स्टुडीयो :– ०४९–४२१७७५
       फ्याक्स :– ०४९–४२१८९०
       नोटीस वोर्ड सर्भिस नम्वर :– १६१८४९०४२१७७५ ( यस नम्वर वाट दोलखा जिल्लाको प्रमुख समाचारहरु सुन्न सक्नुहुनेछ ।
    इमेल : kalinchowkfm106.4mhz@gmail.com
      



कालिञ्चोक एफएमको स्वामित्व ः असल शासन समन्वय समिति एक सामाजिक संस्था हो । संस्थाको स्वामित्वमा कालिञ्चोक एफएम रहेको छ ।
 
कालिञ्चोक एफएमबाट प्रसारण हुने विज्ञापन ः हामी व्यापारिक, औद्योगिक तथा अन्य सूचना तथा जि∙ल र स्पटहरु प्रशारण गर्नेछौं । विज्ञापन प्रशारण गर्दा प्रशारण ऐन, नियम तथा नेपाल सरकारले समय समयमा जारी गरेको नीति निर्देशनको अधिनमा रहेर गरीनेछ । स्वदेशी उत्पादनको विज्ञापन गरी बजार प्रवद्र्धन गर्नु आजको प्रमुख आवश्यकता समेत भएको छ । हामी उत्पादनमा गुणस्तर नभएका तथा स्वास्थ्यका लागि हानिकारक भनिएका उत्पादन, सेवाको विज्ञापन गर्दैनौं समाजमा विकृति फैलाउने खालका सन्देश तथा विज्ञापन पनि प्रशारण गर्ने छैनौं ।

कालिञ्चोक एफ.एम सञ्चालको श्रोत ः सामाजिक हितका लागि सञ्चालन गर्ने लागिएको सामुदायिक एफ.एम.को श्रोत जिल्लाका स्थानिय निकाय, सामाजिक प्रतिष्ठित व्यक्तिहरुवाट प्राप्त सहयोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाबाट प्राप्त सहयोग, सदस्यता शूल्क अन्य सहयोगी संस्थाबाट प्राप्त रकम मूख्य आम्दानिको श्रोत नै हो । सामाजिक एफएमको मूख्य उद्देश्य समाजमा चेतना अभिवृद्धि गर्नेु हो नकि नाफा कमाउने । त्यसकारण सहयोग गर्ने दाताहरुलाई मुनाफा, ब्याज र लाभांश वितरण निति एफएमको हुँदैन । एफएमको नियमित संचालनका लागि आवश्यक संचालन खर्च गरी कोष जम्मा भएमा सामाजिक हितका लागि विभिन्न कार्यक्रम संचालन गरिनेछ । एफएम सामुदायिक भएकाले कार्यक्रम प्रयोजक, विज्ञापन राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट प्राप्त भएका आम्दानीलाई सामाजिक उत्थानका लागि प्रयोग गरिनेछ । जस्तै. लोपोन्मुख जातजाति र संस्कृति, असहाय बालबालिका, सामाजिक विकृति, विसंगति, लागू पदार्थ दुव्र्यसनी नियन्त्रण, आकस्मिक कोष, सार्वजनिक चासोको विषयमा छलफल÷बहस लगायतका स्रोत साधनको संरक्षण एवं धार्मिक स्थलको संरक्षण र प्रवद्र्धनको लागि खर्च गरिनेछ ।

कालिञ्चोक एफएमबाट प्राथमिकताका साथ संचालन भइरहेको कार्यक्रमहरु ः गौरीशंकर हिमाल शिरमा बग्छ काखमा तामाकोशी, सचेत समाज, सभ्य समाज हो हाम्रो शान रेडियो कालिञ्चोकले दिन्छ त्यसको सही पहिचान भन्ने सन्देशका साथ संचालन हुने रेडियोले भ्याएसम्म गाउँवस्तीमा हरेक विकास निर्माणका काम, शिक्षा, स्वास्थ्य, कृषि र प्राकृतिक स्रोतको संरक्षणका लागि आवाज उठाई रहेको छ । साथमा आसपासका जिल्ला सिन्धुपाल्चोक, रामेछाप र ओखलढु∙ाका केही भागमा पनि त्यसको प्रभाव देखिन्छ । सामाजिक हितको लागि खुलेको रेडियोले अखाद्य तथा गुणस्तरहिन वस्तु वा सेवालाई निरुत्साहित बनाई स्थानीय उत्पादन तथा सेवालाई प्रवद्र्धन गर्न सहयोग गर्दै आएको छ । त्यसले गर्दा स्थानीय उत्पादनहरुको माध्यम कालिञ्चोक रेडियो बन्न थालेको छ । समाजमा देखिएका अन्धविश्वास, विकृति, विसंगति र सामान्ती सोचलाई हटाउन संचालन गरिएका कार्यक्रमले लाखौं स्रोतको मन जित्न सफल भएको छ  । उनीहरुले पनि हिमाली जिल्ला भएकाले पर्यटन व्यवसाय दोलखाका ठुलो ब्यवसाय हो । प्रचारप्रसारको कमी तथा पर्यटकीय स्थलको पहिचान नभएकाले खासै उल्लेख प्रभाव देखिदैन । तर, रेडियोले पर्यटन विकासका लागि महत्वपूर्ण योगदान पु¥याउनेछ ।


कालिञ्चोक एफएमका आगामी योजना
*   स्थानीय निकाय जिल्ला विकास समिति र गाउँ विकास समितिहरु सँगको सहकार्यमा विभिन्न कार्यक्रम र गतिविधि सञ्चालन गर्ने ।
*    एक घर एक रेडियोको अवधारणा विकास गरी जिल्ला भर रेडियोको पहुँच बृद्धि गर्ने ।
*    शान्ति,मानवअधिकार र असल शासनका लागि रेडियो संवाहक समुहरुको गठन मार्फत समानुपातिक विकासमा सहयोग   पु¥याउने ।
*    अधिकारका लागि सशक्तिकरण भन्ने अभियान संचालनका लागि स्थानीय निकाय र नेपाल सरकारका कार्यालयहरुले रेडियोको निश्चित समय लिनेछन् । जसले गर्दा लोकतन्त्रको अनुभूति जनताले गर्नेछन् ।
*    बोल्नुहोस रेडियोमा भन्ने युवा केन्द्रित कार्यक्रमले हजारौं युवाको मन जित्न आवश्यक कार्यक्रम सञ्चालन गर्ने
*    महिलाको साथी महिला कार्यक्रमबाट अधिकतम महिलाहरु लाभान्वित हुनेछन् ।
*    राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चार माध्यमसँग समन्वय गरी समाचार र जानकारीलाई व्यावक बनाइनेछ ।
*    गरिब तथा पिछिडएका वर्गको आवाज र ती वर्गको उत्थानका लागि कार्यरत सरकारी तथा गैर सरकारी संघ÷संस्थाका गतिविधिमूलक कार्यक्रमहरु संचालन गरिनेछ । जसबाट विकासको पहुँच विपन्न समुदायसम्म पु¥याउन सहयोग पुग्नेछ ।
*    विधालय स्तरका र कलेज स्तरका विधार्थीहरुलाई सहयोग पुग्ने सामाग्री प्रशारण गरिनेछ ।
*    दोलखाका कृषकहरुका ज्ञान, सीप, क्षमता र बजारीकरणमा सहयोग पुग्ने कार्यक्रम प्रशारण हुनेछ । हाल किसानका विज्ञापन मात्र रु ५० मा प्रसारण गरिन थालिएको छ ।

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP