Listen Live

मेलुङ गाउँपालीकाको ३ वडामै नेकपा एमालेको प्यानल नै विजयी


जेठ १०, दोलखा
मेलुङ गाउँपालीकाको ३ वडामै नेकपा एमालेको प्यानल नै विजयी भएको छ । हिजोबाट सुरु भएको मतगणनाका क्रममा वडा नम्बर १ मा नेकपा एमालेका इश्वर कोइरालाको प्यानलनै विजयी भएको छ । कोइरालाको १ हजार २ सय ९४ मत आएको छ भने प्रतिद्धन्दी नेपाली काङ्ग्रेसका शान्त कार्कीको ८ सय ४३ मत आएको छ ।
यसैगरी वडा नम्बर २ मा नेकपा एमालेका जित बहादुर भण्डारीको प्यानलनै विजयी भएको छ । भण्डारीको ४ सय ५६ मत आएको छ भने उहाँका प्रतिद्धन्दी नेकपा माओवादि केन्द्रका शैलेन्द्र कुमार खड्काको २ सय ८६ मत आएको छ ।
यसैगरी वडा नम्बर ३ मा नेकपा एमालेका हिरा थोकरको प्यानलनै विजयी भएको छ । थोकरको ६ सय २६ मत आएको छ भने प्रतिद्धन्दी नेपाली काङ्ग्रेसका बाबुलाल तामाङको ३ सय ६९ मत आएको छ ।
गाउँपालीकाको वडा नम्बर १, २ र ३ को गणना गर्दा नेकपा एमाले अग्रस्थानमा छ ।
नेपाली काङ्ग्रेसबाट अध्यक्षका उम्मेद्वार बर्मा लामाको १ हजार ८ सय ३० मत आएको छ । नेकपा एमालेबाट अध्यक्षका उम्मेद्वार नर बहादुर श्रेष्ठको २ हजार १ सय ७१ मत आएको छ । यसैगरी उपाध्यक्षमा एमालेकी उम्मेद्वार कल्पना भण्डारीको २ हजार २ सय १६ मत आएको छ भने माओवादी केन्द्रका उम्मेद्वार कृष्ण बहादुर कार्कीको १ हजार ४ सय ३० मत आएको निर्वाचन अधिकृत दुर्गा प्रसाद भुर्तेलले जानकारी दिनुभयो ।
अहिले गाउँपालीकाको वडा नम्बर ४ र ५ को मतगणना सुरु भएको छ ।


Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP