Listen Live

जुँगु घटनामा मारिएका कुलबहादुर तामाङ्कको परिवार न्याय खोज्दै राजधानीमा


जेठ ३०
स्थानीय तहको पहिलो चरणको निर्वाचनका क्रममा वैशाख २६ गते दोखलामा मारिएका कुलबहादुर तामाङ्कको आरोपिलाई अदालतले रिहाई गरेको भन्दै पीडित परिवारले आपत्ति जनाएको छ ।
आज रिपोर्टर्स क्लब नेपालमा पीडित परिवारले पत्रकार सम्मेलन गरेर जिल्ला न्यायाधिवक्ताको कार्यालयले मुलुकी ऐन ज्यान सम्बन्धि महलको १३ (३) र १३ (४) को दावीसहित अभियोग पत्र दायर गरेको र जिल्ला अदालत दोलखाका न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले अपराधमा संलग्न अभियुक्तलाई तारेखमा छाड्ने आदेश गरेको विषयलाई लिएरपीडित परिवार आक्रोसित मात्रै नभएर मर्माहत बनेको हो ।
कुलबहादुर तामाङका बाबु गोरे तामाङले जिल्ला अदालत दोलखाका न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले कर्तव्य ज्यानजस्तो जघन्य अपराधमा संलग्न अभियुक्तलाई साधारण तारेखमा छाड्ने आदेश गरेकोमा अत्यन्तै मर्माहत भएको गुनासो पोखेका छन् ।
त्यस्तै मृतक तामाङकी श्रीमती साङमाया तामाङले आफ्नो जीवन अधुरो भएको बताउनुभयो । कार्यक्रममा मृतका छोरी संगीता तामाङ, छोरा अशोक तामाङ, भाइहरूकर्ण र जीवन तामाङले हत्यामा संलग्न जो कोहीलाई कडा कार्वाही गर्नुपर्ने माग गरेका छन्।

Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP