Listen Live

दोलखाका १३ सहकारी निष्कृय : डिभिजन सहकारी कार्यालय


बलराम के सी÷दोलखा
    डिभिजन सहकारी कार्यालय दोलखाले कार्यक्षेत्र भित्रका तेह्र वटा प्रारम्भिक सहकारी संस्थाहरुको खारेजीको लागि १५ दिने सुचना जारी गरेको छ । कार्यालयको जेष्ठ २२ गते बसेको बैठकको निर्णय अनुसार उक्त संस्थाहरुले २ वर्ष वा सो भन्दा बढी अबधि देखी डिभिजन सहकारी कार्यालय दोलखामा सम्पर्कमा नआएको, सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको, लेखा परिक्षण स्वीकृती नलिएको, लेखापरिक्षण स्वीकृती लिएर पनि लेखा परिक्षण प्रतिवेदन नबुझाएको, साधारण सभा नगरेको, गरेर पनि प्रमाणित निर्णय नबुझाएको तथा प्रचलित सहकारी ऐन, नियम, मापदण्ड तथा आफ्नै सहकारी संस्थाको निनियम पालना गरेको नदेखिएकाले उक्त संस्थाहरुलाई खारेजीको सुचना जारी गरेको हो ।     

    सुचनामा कार्यालयले गरेको निर्णय भएको मितिले १५ दिन भित्र सहकारी संस्था खारेज गर्नु नपर्ने पर्याप्त आधार र कारण पेश नगर्ने सहकारी संस्थालाई नियमानुसार खारेज भई जाने समेत कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । दोलखा जिल्लामा निष्कृय रहेका सहकारी संस्थाहरुमा  भिमेश्वर नगर पालिका वडा नं २ को नारी जागरण महिला सहकारी संस्था लिमिटेड. भि.न.पा.–२ कै नवनिर्माण बचत तथा ऋण सहकारी संस्था लि. र. निलगिरी बहुउद्देश्यीउ सहकारी संस्था लि. रहेका छन । यस्तै भि. न.पा ९ को. पशुपालन तथा कृषि उपज बहुउद्देश्यीय सहकारी संस्था लि. र गौरिशंकर बिकास बहुउद्देश्यीय सहकारी संस्था लि. रहेका छन । त्यस्तै जिरी न.पा २ मालिको यलुङ बचत तथा ऋण सहकारी संस्था लि. बैत्यश्वर गाउँपालिका  वडा नं. ६ नाम्दुको सेतिदेवि बुहेउद्देश्यीय सहकारी संस्था लि. गौरिशंकर गाउँपालिका वडा नं ५ सुरीमा रहेको जनसेवा बचत तथा ऋण सहकारी संस्था लि.,मेलुङ गाउँपालिका वडा नं २ घ्याङसुकाठोकरमा रहेको पाथिभरा बहुउद्देश्यीय सहकारी संस्था लि.  र उक्त गाउँपालिका वडा नं ४ भेड्पुमा रहेको शैलुङ बचत तथा ऋण सहकारी संस्था लि. रहेका छन । यस्तै विगु गाउँपालिकामा वडा नं.३ बुलुङ्गमा रहेको दुग्धेशवरी सामुदायिक बिकास सहकारी संस्था लि, वडा नं. १ लामाबगरमा रहेको तिर्थलस्ची मिलादेवि बचत तथा ऋण सहकारी संस्था लि. रहेको छ । र सोहि गाउँपालिका वडा नं. २ ओराङमा रहेको देवलिङ्गेश्वर सामुदायिक बिकास सहकारी संस्था लि. रहेका हुन ।

Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP