Listen Live

पहिरोमा पुरीएर वेपत्ता भएकी सन्तोषि थामीको शव फेला, १ अझै वेपत्ता खोजी कार्य जारी

असार १५, दोलखा
दोलखाको भिमेश्वर नगरपालीका वडा नम्बर ९ लाकुरीडाँडाको कुतकुते भन्ने स्थानमा गएको पहिरोमा पुरिएर वेपत्ता भएका २ जनामध्ये १ जनाको शव फेला परेको छ । 
आज दिउँसो ४ बजे पहिरो स्थलभन्दा केहि तल क्याङथली खोला नजिकै आज १२ वर्षिया सन्तोषी थामीको शव फेला परेको हो । 
पहिरोमा परी १५ वर्षिया रोशनी थामी अझै वेपत्ता छन् । उनको खोजी कार्य जारी रहेको भिमेश्वर नगरपालीका वडा नम्बर ९ कि वडा सदस्य किरण ओलीले जानकारी दिनुभयो ।  
हिजो बिहान साँढे १ बजे गएको पहिरोले स्थानीय मंगल थामी र लाटि थामीको घर बगाएको थियो । पहिरोमा परी वेपत्ता भएका ३५ वर्षिया शान्ति थामी र ७९ की लाटी थामीको शव हिजो नै फेला परेको थियो । 
२०७२ सालको भूकम्पपछि उक्त बस्ती पहिरोको उच्च जोखिममा रहेको र स्थानान्तरण गर्ने भनिएपनि कसैले चासो नदेखाएका कारण यो घटना भएको स्थानीयबासीको भनाइ छ । 
यसैबीच सोही गाउँका २१ घरपरिवारलाई नजिकैको विद्यालयमा बस्ने ब्यवस्था मिलाइएको छ । 

Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP