Listen Live

वैत्यश्वर गाउँपालीकाको दुई वडाका जनप्रतिनिधिद्धारा घरदैलोमा सामाजिक सुरक्षा भत्ता

असार १५, दोलखा
वैत्यश्वर गाउँपालीकाको दुई वडाका जनप्रतिनिधिले सामाजिक सुरक्षा भत्ता घरदैलोमा पुगी वितरण गर्ने अभियान सुरु गरेका छन् । गाउँपालीका वडा नम्बर ७ मार्वुका वडा अध्यक्ष रेशमराजस्वराज रिमाल सहितको टोलीले हिजोबाट आफ्ना वडामा बसोबास गरी सामाजिक सुरक्षा भत्ता लिदै आएकालाई वितरण सुरु गरेको हो । 
भोली सम्म वडामा रहेका ३ सय १० लाई नै वितरण गरिसक्ने र यो अभियान निरन्तर जारी रहने वडा अध्यक्ष रेशमराजस्वराज रिमालले जानकारी दिनुभयो । 
यसैगरी सोहि अभियान गाउँपालीकाको वडा नम्बर २ मा आजबाट सुरु भएको छ । वडा अध्यक्ष श्यामकुमार तामाङ घिसीङ सहितको जनप्रतिनिधि र वडा सचिव बसन्त अधिकारीको टोलीले सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो । 
उक्त वडामा एकल महिला, ज्येष्ठ नागरिक, दलित, फरक क्षमता लगाएत गरी ३ सय ११ जनाले सामाजिक सुरक्षा भत्ता रहेका छन् । उनिहरुलाई कुल १९ लाख ४१ हजार ६ सय रुपैया वितरण गरिने कालिन्चोक सहकर्मी भिम कुमार श्रेष्ठले जानकारी दिनुभयो । 

Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP