Listen Live

३ दिने उद्यमशिलता विकास तालीम शुरु

३ दिने उद्यमशिलता विकास तालीम शुरु
असार १५, दोलखा
३ दिने उद्यमशिलता विकास तालीम दोलखा सदरमुकाम चरिकोटमा आजबाट सुरु भएको छ । आर्थिक समृद्धिमा युवाको भुमिका, सामाजिक सक्रिय सहभागीता भन्ने मुल नाराका साथ सुरु भएको तालीममा दोलखाको विभिन्न स्थानका युवाको सहभागीता रहेको छ ।
युवाहरुलाई तालीम प्रदान गरी उद्यमी बन्न प्रोत्साहन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरीएको हो । 
कार्यक्रम सांसद विकास कोष क्षेत्र नम्बर १, जिल्ला समन्वय समिति दोलखाको सहयोगमा सामाजिक विकासका लागी प्राकृतिक श्रोत व्यवस्थापन दोलखाको आयोजनामा सुरु भएको हो । 

Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP