Listen Live

भिमेश्वर नगरपालीकाले झण्डै ४ वर्ष देखीको विद्युत महशुल बुझाएन, जिल्ला प्रशासन कार्यालय दोलखाले समेत ६ महिनाको तिर्न बाँकी

उषा तामाङ
असार १९, दोलखा 
दोलखाका विभिन्न १४ सरकारी कायालयले झण्डै ४ वर्ष देखी विद्युत महशुल नतिरेको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रले जनाएको छ । कार्यालयका अनुसार भिमेश्वर नगरपालीकाले ३ वर्ष १० महिना देखी विद्युत महशुल नतिरेको हो । 
भिमेश्वर नगरपालीकाले मात्रै ३ लाख ३५ हजार २ सय १९ रुपैया तिर्न बाँकी छ । नगरपालीकाको स्वामीत्वमा रहेको सदरमुकाम चरिकोट स्थित सातदोबाटो नजिकै रहेको घरमा जडान गरिएको २ वटा लाइन मध्ये ३ वर्ष १० महिना अघि देखी विजुलीको महशुल वापत तीन लाख ९ हजार एक सय ८० रुपैया र अर्को लाइनको ६ महिनाको २६ हजार ३९ रुपैया गरी भिमेश्वर नगरपालीकाले कुल ३ लाख ३५ हजार २ सय १९ रुपैया तिर्न बाँकी रहेको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका इन्जिनियर उमेश श्रेष्ठले जानकारी दिनुभयो ।
कालिन्चोक स्वास्थ्य चौकीले २ वर्ष ९ महिना देखी विद्युत महशुल तिरेको छैन, चौकीले ११ हजार ७ सय ९८ रुपैया तिर्न बाँकी छ । २ वर्ष ८ महिना देखी प्राथमीक स्वास्थ्य केन्द्र चरिकोटले ५४ हजार ५ सय ५७ रुपैया तिरेको छैन भने साविकको सुन्द्रावति गाउँ विकास समितिले २ वर्ष देखी विद्युत महशुल तिरेको छैन कार्यालयले १३ हजार २ सय ५४ रुपैया तिर्न बाँकी छ ।  
यसैगरी डिभिजन सडक कार्यालय दोलखाले मात्रै झण्डै डेढ लाख रुपैया विद्युत महशुल बुझाउन बाँकी छ । कार्यालयले विभिन्न ३ वटा लाइनमध्ये ९ महिना देखीको २८ हजार ७ सय ८६ रुपैया, ५ महिना देखीको २८ हजार ७ सय ८६ र ५ महिनाको ३० हजार २ सय ८२ गरी कुल एक लाख ३१ हजार २ सय ५५ रुपैया बुझाउन बाँकी छ ।
फस्कु स्वास्थ्य चौकीले ८ महिनाको १४ हजार ८ सय ७७ रुपैया तिर्न बाँकी छ । 
यसैगरी जिल्ला प्रशासन कार्यालय दोलखाले समेत ६ महिना देखी विद्युत महशुल तिरेको छैन । कार्यालयले कुल ४६ हजार २ सय ५६ रुपैया तिर्न बाँकी छ । 
सिंगटी सामुदायीक अस्पतालको ६ महिनाको २२ हजार ६४ रुपैया, रणभिम गण दोलखाको ५ महिनादेखी ९५ हजार १ सय ६४, जिल्ला अदालत दोलखाले ३ महिनाको १७ हजार ४ सय ७५, जिल्ला प्रहरी कार्यालय दोलखाको ३ महिनाको ३३ हजार २ सय ८६ रुपैया तिर्न बाँकी रहेको इन्जिनियर श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लाका १४ सरकारी कार्यालयले कुल ७ लाख ९१ हजार ७ सय ६० रुपैया विद्युत महशुल तिर्न बाँकी छ । 

Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP