Listen Live

कर्जा लगानीमा लिदै आएको व्याज न्युनिकरणका लागी पहल गर्न बैङ्र्कस सहमत

असार १९, दोलखा 
बैंक तथा सहकारी संस्थाहरुले कर्जा लगानीमा लिदै आएको व्याज न्युनिकरणका लागी पहल गर्ने एक कार्यक्रमका सहभागीले प्रतिवद्धता जनाएका छन् । दोलखा सदरमकुाम चरिकोटमा आज दोलखा उद्योग वाणिज्य संघले आयोजना गरेको कर्जा लगानी वित्तिय तरलताको अवस्था साथै व्याज न्युनिकरण सम्बन्धि छलफलमा जिल्लाका विभिन्न बैंक तथा सहकारीमा कार्यरत प्रबन्धकहरुले प्रतिवद्धता जनाएका हुन् ।
कार्यक्रममा सहभागी व्यवसायीले दोलखाका प्रत्यक बैंक तथा वित्तिय संस्थाले कर्जा लगानीमा लिदै आएको व्याजमा एकरुपता ल्याउन अनुरोध गरेका थिए । 
व्यवसायी पृथ्वी श्रेष्ठले बैंक तथा वित्तिय संस्था विच अस्वस्थ प्रतिष्पर्धा नगर्न अनुरोध गर्नुभयो । 
कार्यक्रममा व्यवसायीले गाउँगाउँमा सहकारीको स्थापना गरि वित्तिय क्षेत्रमा पहुँच पु¥याउने उद्धेश्यका साथ सहकारीको स्थापना भएपनि पछिल्लो समय चर्को व्याज असुल्ने क्रम बढ्दै गएको भन्दै असन्तुष्टि जनाएका थिए । 
कार्यक्रममा जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईले सहकारीले जनतालाई मारमा पर्ने गरी व्याज असुलेको पाइए यस्तो व्यवस्था हटाउन पहल गरिने बताउनुभयो । 
नबिल बैङ्क दोलखा शाखा, लक्ष्मी बैङ्क दोलखा शाखा, सिन्धु बैङ्क दोलखा शाखाका शाखा प्रबन्धकहरुले कर्जा लगानीमा लिदै आएको व्याज न्युनिकरणका लागी केन्द्रिय कार्यालयमा अनुरोध गर्ने प्रतिवद्धता जनाउनुभयो । 
कार्यक्रम दोलखा उद्योग वाणीज्य संघ दोलखाका अध्यक्ष सुन्दर कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो । 

Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP