Listen Live

दोलखामा गत आर्थिक वर्षमा पुँजीगत तर्फ करिव ७७ प्रतिशत बजेट खर्च


श्रावण १, दोलखा

दोलखामा गत आर्थिक वर्ष २०७३÷०७४ मा पुँजीगत तर्फ करिव ७७ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाले जनाएको छ । कार्यालय परिषरमा आज आयोजीत खर्च सार्वजनिक कार्यक्रममा कार्यालयका प्रमुख कोष नियन्त्रक रमेश शिवाकोटीले गत आर्थिक वर्षका लागी दोलखामा पुजीगत तर्फ ३ अर्व २३ करोड ९० लाख ६१ हजार रुपैयाको अख्तियारी प्राप्त भएकामा २ अर्व ४८ करोड ७२ लाख ३३ हजार रुपैया खर्च हुँदा ७६.७९ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो ।
यसैगरी गत आर्थिक वर्ष २०७३÷०७४ चालुतर्फ ८५ दशमलव ९० प्रतिशत बजेट खर्च भएको छ । गत आर्थिक वर्षका लागी चालुतर्फ ७ अर्व ६८ करोड ९४ लाख ८७ हजार रुपैया बजेट प्राप्त भएकामा ६ अर्व ६० करोड ५० लाख ३७ हजार रुपैया खर्च भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७२÷७३ मा चालुतर्फ ४ अर्व ७२ करोड २१ लख ९८ हजार रुपैया प्राप्त भएकामा २ अर्व ५१ करोड ३४ लाख ५१ हजार रुपैया खर्च भएको थियो । पुजीगत तर्फ १ अर्व ५९ करोड ८४ लाख २२ हजार रुपैया प्राप्त भएकामा १ अर्व ७ करोड ६१ लख ७९ हजार रुपैया खर्च भएको थियो ।
पुँजीगत तर्फ सबै भन्दा कम दुर्गम क्षेत्र विकास समितीले २२ दशमलव १० प्रतिशत मात्रै बजेट खर्च गरेको छ । समितिका लागी कुल ३० लाख रुपैया प्राप्त भएकामा ६ लाख ६३ हजार १ सय ७ रुपैया मात्रै खर्च गरेको छ ।  यसैगरी जिल्ला स्वास्थ्य कार्यालय दोलखाले ३७.३३ प्रतिशत मात्रै बजेट खर्चेको छ । कार्यालयले कार्यालयका लागी कुल ३ करोड ३७ लाख २९ हजार रुपैया प्राप्त भएकामा १ करोड २५ लाख ९० हजार ४ सय ३५ रुपैया मात्रै खर्च गरेको छ ।
जिल्ला आयोजना कार्यान्वयन ईकाई दोलखाले समेत ४१.४१ प्रतिशत बजेट खर्च गरेको छ । इकाईका लागी कुल दुई अर्व ६४ करोड ५० लाख बजेट प्राप्त भएकामा १० करोड ९५ लाख २० हजार ४१ मात्रै खर्च भएको हो ।
पहाडी बाली अनुसन्धान कार्यक्रमले पनि ४३ दशमलव ४८ प्रतिशत मात्रै खर्च भएको छ । कार्यक्रमका लागी कुल २ करोड १८ लाख ७५ हजार रुपैया प्राप्त भएकामा ९५ लाख ११ हजार २ सय ७४ रुपैया मात्रै खर्च भएको छ ।
शहरी विकास अन्र्तगतको जिल्ला आयोजना कार्यान्वयन इकाईले ५०.३९ प्रतिशत बजेट मात्रै खर्च गरेको छ । इकाईका लागी प्राप्त कुल ९ करोड ४७ लाख रुपैया बजेट मध्य ४ करोड ७७ लाख १५ हजार ३ सय ४९ रुपैया मात्रै खर्च गरेको छ ।  

Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP