Listen Live

द्धन्द्ध पिडितका लागी आएको ३९ लाख भन्दा बढि राहत रकम फ्रिज

श्रावण ३, चरिकोट
दोलखाका द्धन्द्ध पिडितका लागी आएको ३९ लाख भन्दा बढि राहत रकम फ्रिज गएको स्थानीय शान्ति समिति दोलखाले जनाएको छ । समितिका अनुसार दोलखाका द्धन्द्धपिडितका लागी आएको ३९ लाख ८१ हजार रुपैया फ्रिज गएको हो । 
५ जना सर्वसाधारण मृतक परीवार, ४ जना अपहरणमा परेका, ५ जना नेपाली सेना, २ जना नेपाल प्रहरी र ३७ विस्थापित गरी ५३ द्धन्द्धपिडितको राहत रकम फ्रिज गएको हो । स्थानीय शान्ति समिति दोलखाका कार्यालय सचिव राजु तामाङले जानकारी दिनुभयो ।
यस मध्ये पनि अपहरणमा परेका ४ जनाकै राहत रकम लिन परीवार सम्पर्कमा नआए पछि सम्पुर्ण बजेट फ्रिज गएको छ ।
राहत रकम लिन पिडित परिवार स्थानीय समितिको सम्पर्कमा नआएका कारण खर्च हुन नसकी प्रिंmज गएको हो । 
राहत रकम १ सय १९ सर्वसाधारण मृतक परीवारले जनहि ५ लाख, ४० जना सेना र प्रहरीका परिवारले डेढ लाख, १ सय ११ जना विस्थापितले २५ हजारका दरले राहत रकम लिएका छन् । 
यसैगरी १० जना वेपत्ता भएकाको परीवार, जिवन निर्वाह भत्ता १० जना र ५ जना अभिभावक विहिन बालबालीकाले  राहत रकम पाएका छन् ।
दोलखामा द्धन्द्धपिडितका लागी ७ करोड ७८ लाख रुपैया प्राप्त भएको थियो ।  

Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP