Listen Live

दोलखामा गत वर्ष ३९ जनाले गरे आत्महत्या, पुरुषको संख्या बढि


उषा तामाङ
श्रावण, ५ दोलखा– तिन आर्थिक वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालय दोलखामा ५ सय भन्दा बढि मुद्धा दर्ता भएका छन् ।


आर्थिक वर्ष २०७१÷०७२ देखी गत आर्थिक वर्ष २०७३÷०७४ सम्मको अवधिमा कर्तव्य ज्यान, जवरजस्तीकरणी, आत्महत्या लगाएतका विभिन्न प्रकृतिका ५ सय २६ मुद्धा दर्ता भएको दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । दर्ता भएका मुद्धा मध्य ३ सय ५० मुद्धा फछर््यौट भइसकेका छन् भने एक सय ७६ मुद्धा फर्छ्यौट हुने क्रममा छ ।


तीन आर्थिक वर्षको अवधिमा सबै भन्दा बढि मुद्धा गत आर्थिक वर्ष २०७३÷०७४ मा एक सय ८९ वटा दर्ता भएका छन् । जस मध्य १ सय मुद्धा फर्छ्यौट भइसकेका छन् भने ८९ मुद्धा फर्छ्यौट हुने क्रममा छ ।


आर्थिक वर्ष २०७२÷०७३ मा एक सय ७३ मुद्धा दर्ता भएकामा ८७ वटा फर्छ्यौट भएका छन् भने ८६ वटा मुद्धा फर्छ्यौट हुने क्रममा रहेका छन् । यसैगरी आर्थिक वर्ष २०७१÷०७२ मा एक सय ६४ मुद्धा दर्ता भएकामा १ सय ६३ वटा मुद्धा फर्छ्यौट भइसकेका छन् भने एउटा मुद्धा बाँकी छ ।


गत आर्थिक वर्ष २०७३÷२०७४ मा ३९ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा पुरुषको संख्या बढि छ । गत आर्थिक वर्ष २२ जना पुरुष, १३ जना महिला र ४ बालिकाले झुण्डि, हाम फाली र विष सेवान गरी आत्महत्या गरेका हुन् । अघिल्लो आर्थिक वर्ष ३८ जना र गत आर्थिक वर्ष सबै भन्दा बढि ४९ जनाले आत्महत्या गरेका थिए ।


तीन वर्षको अवधिमा गत वर्ष केहि सार्वजनिक अपराधका मुद्धा बढि दर्ता भएको प्रहरीले जनाएको छ । उक्त शिर्षकमा आर्थिक वर्ष २०७१÷०७२ मा ३० वटा दर्ता भएकामा सबै फर्छ्यौट भएका छन् । अघिल्लो आर्थिक वर्ष २०७२÷०७३ मा घटेर २७ वटा दर्ता भएकामा सबै फर्छ्यौट भइसकेका छन्  भने गत आर्थिक वर्ष २०७३÷०७४ मा झण्डै दोब्बर अर्थात ५२ वटा मुद्धा दर्ता भएका छन् । जसमा ४८ वटा फछर््यौट भइसकेको छ भने ४ वटा बाँकी छ ।


यसैगरी गत आर्थिक वर्ष जवरजस्तीकरणी र बहुविवाहको घटनामा कमी आएको छ । अघिल्लो आर्थिक वर्ष १४ वटा जवरजस्तीकरणीका मुद्धा दर्ता भएकामा गत आर्थिक वर्ष १० वटा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्ष ७ वटा बहुविवाहका मुद्धा दर्ता भएकामा गत वर्ष २ वटा मात्रै भएका छन् ।

Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP