Listen Live

परोपकारको पारोपकारी काम

परोपकारको पारोपकारी काम


श्रावण २९, दोलखा
दोलखा सदरमुकाम चरिकोट स्थित परोपकार महिला बचत तथा ऋण सहकारी संस्थाले सातौ स्थापना दिवसको अबसरमा गौरीशंकर बाल गृहमा रहेका बालबालिकालाई स्टेसनरी तथा खाजाका वितरण गरेको छ ।

भिमेश्वर नगरपालिका  वडा नं. ५  मा रहेको बाल गृहमा रहेका १५ जनालाई संस्थाकी अध्यक्ष शर्मिला सापकोटा, सचिव अप्सरा चौँलागाई सञ्चालक समिति तथा कर्मचारीहरूले उक्त समाग्रि वितरण गरेको संस्थाकी अध्यक्ष शर्मिला सापकोटाले जानकारी दिनुभयो ।

संस्थाले सामाजिक क्रियाकलाप अन्तर्गत यो कार्यको थालनि गरेको र यस्ता कार्यलाई थप प्रभावकारी रुपमा गर्दे जाने अध्यक्ष सापकोटाले बताउनुभयो । उक्त संस्था २०६८ श्रावण २९ गते स्थापना भएको थियो ।

हाल संस्थमा १ हजार १ सय ५० जना महिला मात्र सदस्य रहेका छन भने सस्थाले ६ करोड २७ लाख बराबरको कारोबार गर्दै आएको छ । छोटो समयमानै दोलखाका महिला सहकारी संस्था मध्ये ठुलो संस्थाको रुपमा परिचित उक्त संस्थालाई ६० औँ राष्ट्रिय सहकारी दिबसको अबसरमा उत्कृष्ठ संस्थको रुपमा डिभिजन सहकारी कार्यालय ले सम्मान गरेको थियो भने बचत तथा ऋण सहकारी संघ लि. दोलखाले पनि गत वर्ष संस्थालई सम्मान गरेको थियो ।

Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP