Listen Live

वडा कार्यालय निर्माणका लागी रामशरण श्रेष्ठद्धारा जग्गादान


भदौ ४, चरिकोट
दोलखाको गैरीमुदी ८ का रामशरण श्रेष्ठले वडा कार्यालय निर्माणका लागी जग्गादान गर्नुभएको छ । जिल्लाको वैत्यश्वर गाउँपालीका वडा नम्बर २ गैरीमुदीको वडा कार्यालय भवन निर्माणका लागी श्रेष्ठले २ सय ४१ वर्गमिटर बराबरको जग्गा दान गर्नुभएको हो ।
प्रथम गाउँ सभाले वडा कार्यालय भवन निर्माणका लागी ३० लाख बजेट विनियोजन गरे पनि भवन निर्माणका लागी जग्गा नहुँदा निर्माण कार्य अघि बढ्न सकेको थिएन ।
गैरीमुदीको टार भन्ने स्थानमा करिव ४ लाख रुपैया पर्ने जग्गा प्राप्त भए पछि असोज महिना पछि भवन निर्माण सुरु गर्ने वडा अध्यक्ष श्यामकुमार घिसीङले जानकारी दिनुभयो ।
अहिले पुतलीकाठ भन्ने स्थानमा भाडाको घरमा वडा कार्यालय सञ्चालन भइरहेको कालिन्चोक सहकर्मी भिम कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP