Listen Live

नागरिक बहसको २ सय औ अंक पुरा

नागरिक बहसको २ सय औ अंक पुरा


भदौ ९, दोलखा
कालिन्चोक एफएमबाट शनिबार राति ८ बजे प्रसारण हुदै आएको कार्यक्रम नागरिक बहसले २ सय औ अंक पुरा गरेको छ । २०७० भदौ ७ गतेबाट प्रसारणमा आएको बहसमुखी कार्यक्रम नागरिक बहसले २ सय औ अंक पुरा गरेको अवसरमा चरिघ्याङमा रहेको कालिन्चोक सामुदायीक एफएमको हलमा समिक्षा तथा पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको दोलखाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापाले उद्घाटन गर्नुभयो । कार्यक्रमको अवसरमा एफएमले बहस उत्पादनका लागी सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ ।


एफएमले बहसको सुरुवाती अंक देखी प्रत्यक्ष, अप्रत्यक्ष रुपमा तथा बहसलाई प्रभावकारी बनाउन रेडियो रिर्पोट तयार गर्नुका साथै प्रस्तोताको समेत भुमिका निर्वाह गरेको भन्दै समाचार सहायक उषा तामाङलाई सम्मान गरेको छ । तामाङलाई नगद ५ हजार सहित प्रशंसा पत्र र खदा ओढाई दोलखाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापा, एफएमका अध्यक्ष दिपक बस्नेतले सम्मान गर्नुभयो ।


यसैगरी सोहि अवसरमा बहस उत्पादनमा सहयोग गरेको भन्दै हुराडेक दोलखा र इन्सेक दोलखालाई प्रशंसा पत्रले सम्मान गरेको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी थापाले हुराडेक दोलखाका अध्यक्ष होम पाठक र इन्सेक प्रतिनिधि उद्धव प्रसाद पोखरेललाई प्रशंसा पत्र प्रदान गर्नुभयो ।


नागरिक बहसका विषय तथा जिल्लाका सञ्चारकर्मी, कार्यक्रमका अतिथिवक्ता, सहभागी श्रोताको विचार समेटेर प्रकाशन गरिएको पुस्तक नागरिक बहस पनि विमोचन गरिएको छ । पुस्तक प्रमुख जिल्ला अधिकारी थापा, अग्रज पत्रकार राजेन्द्र मानन्धर र कालिन्चोक एफएमका अध्यक्ष दिपक बस्नेतले संयुक्त रुपमा विमोचन गर्नुभयो ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थापा, पत्रकार मानन्धर, कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाका प्रमुख कोष नियन्त्रक रमेश शिवाकोटी, महिला तथा बालबालिका कार्यालय दोलखाकी सुर्जा दहाल, दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्की, हुराडेक दोलखाका अध्यक्ष होम पाठक, ग्रामीण विकास टुकि संघका अध्यक्ष जय प्रसाद दहाल लगाएतले कार्यक्रमको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो ।


बिबिसी मिडिया एक्सनको सहयोगमा पहिलो अंकमा कृषि, पशु विकासमा आउने अनुदान कहाँ जान्छ ? भन्ने विषयबाट कार्यक्रम नागरिक बहस प्रसारण सुरु भएको थियो । अहिले विभिन्न कार्यालय तथा संघ संस्थाले समेत कार्यक्रम उत्पादनमा सहयोग गर्ने गरेका छन् । कार्यक्रम उत्पादनमा सहयोग गर्ने दाता तथा सहभागीलाई कालिन्चोक एफएमकी कार्यक्रम प्रमुख गायत्री आचार्यले धन्यवाद दिनुभएको थियो ।


आजको कार्यक्रम भोली राति ८ बजे सुन्न सक्नुहुनेछ ।

Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP