Listen Live

दोलखामा आफ्नै श्रीमतीले प्रहार गरेको लाठीले लाग्दा श्रीमानको ज्यान गयो


भदौ ९, दोलखा
दोलखाको मेलुङ गाउँपालीकामा श्रीमतिले प्रहार गरेको लाठीले लाग्दा श्रीमानको ज्यान गएको छ । साविकको भेड्पु गाविस वडा नम्बर ७ अहिलेको मेलुङ गाउँपालीका वडा नम्बर ४ बायाँकाठ घर भएकी ६० वर्षिया सन्जी तामाङले प्रहार गरेको लाठीले लागेर श्रीमान कर्ण बहादुर तामाङको ज्यान गएको हो ।


दोलखा प्रहरीका अनुसार बिहिबार मृतक तामाङ मदिरा सेवन गरी घरमा आएका थिए । घरमा आएर पनि बुहारी विपना थोकर सँग मादक पदार्थ मागेका र बुहारीले दिन नमाने पछि तामाङले बुहारीलाई कुटपिट गरेका थिए । बुहारीलाई कुटपिट गरेको देखेपछि मृतककी श्रीमति सन्जी तामाङले श्रीमानलाई लाठीले प्रहार गर्दा चोटपटक लाग्न गई मृत्यु भएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।


घटनाको अनुसन्धानका लागी सन्जी तामाङलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP