Listen Live

महिला बेचविखन गर्ने एक युवक २ वर्ष पछि पक्राउ


भदौ १०, दोलखा
महिला बेचविखन गर्ने एक युवकलाई दोलखा प्रहरीले २ वर्ष पछि पक्राउ गरेको छ । २ वर्ष अघि विभिन्न किसीमको प्रलोभनमा पारी १८ वर्षिया महिलालाई बिक्री गर्ने नुवाकोट खरीटार ५ बस्ने २३ वर्षिया निरकुमार नेपालीलाई पक्राउ गरेको हो ।

नेपालीले २०७२ श्रावण ३ गते महिलालाई दिल्ली स्थित मजनुकातिला भन्ने स्थानमा लगी १ लाख ३५ हजार भारुमा ति महिलालाई बिक्री गरेका दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । ती महिलालाई आफुले दिल्लीमा लगेर बेचेको स्वीकार नेपालीले गरेको छ ।

पिडित महिला करिव एक वर्ष पछि भारत स्थित नेपाली राजदुतावास मार्फत नेपाल फर्किए लगत्तै गत वर्षको जेठ २० गते जिल्ला प्रहरी कार्यालय दोलखामा जाहेरी परेको थियो । अनुसन्धानका क्रममा पिडितकी  भाउजु पर्ने सिता नेपालीको सहयोगमा बेचिएको खुल्न आए पछि लगत्तै नेपालीलाई पक्राउ गरिएको थियो । नेपाली अहिले पुर्पक्षका लागी थुनामा छन् ।

सोहि घटनामा निर कुमार नेपालीलाई खोजी कार्य जारी रहेकामा भदौ ९ गते काठमाण्डौ स्थित महाराजगञ्जबाट पक्राउ गरिएको हो । पक्राउ परेका नेपालीले अन्य महिलाहरुलाई पनि दिल्लीमा लगी बेश्यालयमा बिक्री गरेको अनुसन्धानबाट खुल्न आएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।
साईनोमा सीता नेपालीे पक्राउ परेका निर कुमारी नेपालीका दिदि हुन् । दिदि र भाईको संलग्नतामा ती महिला बेचिन पुगेकी हुन् ।

Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP