Listen Live

व्यवसायी पौडेललाई छुरा प्रहार गरी नगद लुटपाट गर्ने पक्राउ

व्यवसायी पौडेललाई छुरा प्रहार गरी नगद लुटपाट गर्ने पक्राउ
भदौ २०, दोलखा
दोलखा सदरमुकाम चरिकोटमा छुरा प्रहार गरी नगद लुटपाट गर्नेलाई जिल्ला प्रहरी कार्यालय दोलखाले डेढ महिना पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमेश्वर नगरपालीका वडा नम्बर ३ बस्ने २० वर्षिया अरुण ठकुरी सहित ३ जना छन् । ठकुरीको नाम खुलाए पनि बाँकी २ जनाको नाम प्रहरीले खुलाएको छैन ।
ठकुरी सहितको समुहले गत श्रावण ८ गते बेलुकी ६ः३० बजे कालिन्चोक गाउँपालीका ८ बस्ने व्यापारी राजेन्द्र पौडेललाई सदरमुकाम चरिकोट स्थित रोशी होटलमा छुरा प्रहार गरी ४ लाख २५ हजार लुटेका थिए ।
व्यवसायी पौडेल रोशी होटलमा खाजा खान बसीरहेका बेला ठकुरी सहितको समुहले छुरा प्रहार गरी रकम लुटेर फरार भएका थिए । पक्राउ परेका माथी थप अनुसन्धान भइरहेको दोलखाका प्रहरी निरीक्षक रमेश प्रधानले जानकारी दिनुभयो ।

Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP