Listen Live

विद्यालय पुन निर्माण तिव्र गतिमा हुदै, बुद्ध प्राविको भवन हस्ताण्तरण

विद्यालय पुन निर्माण तिव्र गतिमा हुदै, बुद्ध प्राविको भवन हस्ताण्तरण


भदौ २२, दोलखा
दोलखामा भुकम्पले क्षति गरेका विद्यालय भवन पुन निर्माण तिव्र गतिमा भइरहेको जिल्ला आयोजना कार्यान्वयन इकाइ दोलखाले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा विद्यालय भवन निर्माण कार्य भइरहेको छ ।


यसैबिच भीमेश्वर नगरपालीका वडा नम्बर ९ झाक्रेचौरमा रहेको बुद्ध प्राथमीक विद्यालयमा अध्ययनरत विद्यार्थीले नयाँ विद्यालय भवनमा पढ्न पाउने भएका छन् । जिल्ला आयोजना कार्यान्वयन ईकाइ दोलखाले करिव ३० लाखको लागतमा ३ कोठे पक्कि भवन निमार्ण गरे पछि विद्यार्थी नयाँ व्यवस्थीत भवनमा पढ्न पाउने भएका हुन् ।


गएको बैशाख महिना देखी निर्माण सुरु गरिएको उक्त विद्यालय भवन निर्माण सम्पन्न भए पछि बुधबार एक कार्यक्रमका बिच विद्यालय भवन हस्ताण्तरण गरीएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाइ दोलखाका इकाइ प्रमुख गजेन्द्र कुमार राउतले बुद्ध प्राथमीक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बल बहादुर मोक्तानलाई विद्यालय निर्माण सम्पन्न भएको प्रमाण पत्र हस्ताण्तरण गर्नुभयो । सोहि अवसरमा इकाई प्रमुख राउतले रिवन काटी विद्यालय भवन समेत उद्घाटन गर्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोक्तानले भुकम्पका कारण पक्कि विद्यालय भवन नहुँदा पठनपाठनमा समस्या भइरहेको अवस्थामा जिल्ला आयोजना कार्यान्वयन इकाइले भवन निर्माण गरे पछि खुशी व्यक्त गर्नुभयो । विद्यार्थीका लागी पढ्ने स्थान सुरक्षित भएको र आगामी दिनमा शौचालय निर्माणमा सहयोग गर्न अध्यक्ष मोक्तानले आग्रह गर्नुभएको थियो ।


यसैगरी जिल्ला आयोजना कार्यान्वयन इकाइ दोलखाका इकाइ प्रमुख गजेन्द्र कुमार राउतले अनुगमनका क्रममा बुद्ध प्राविको भवन निर्माण गर्नैपर्ने अवस्था देखीए पछि तत्काल निर्माण सुरु गरेर समयमै निर्माण सम्पन्न भएको बताउनुभयो । उहाँले शौचालयका लागी कार्यक्रम आएमा सहयोग गर्ने समेत बताउनुभएको थियो ।


भुकम्प पछि विद्यालयको अवस्था नाजुक देखीए पछि निर्माण कार्य द्रुत गतिमा अघि बढाइएकाले समयमै निर्माण सम्पन्न भएको विद्यालय भवन निर्माणका सहायक इन्चार्ज प्रेम शाहले जानकारी गराउनुभयो ।


रङरोगन सहितको पक्कि भवनमा पढ्न पाउने भए पछि विद्यार्थीहरु खुशी देखीन्थे । उक्त विद्यालयमा कक्षा १ देखि ५ सम्म पठनपाठन संचालन भईरहेको छ ।


दोलखामा भुकम्पले ३ सय ६३ विद्यालय भवनमा क्षति पु¥याएको थियो । उक्त विद्यालय भवन एडिबि, भारतिय दुतावास लगाएत गैरसरकारी संस्थाको सहयोगमा निर्माण भइरहेको छ ।  जिल्ला आयोजना कार्यान्वयन इकाइको प्रत्यक्ष सहयोगमा भने गत आ.व. २०७३÷०७४ मा २, ३, ४, ६ र ८ कोठे गरी ७३ वटा विद्यालय भवन निमार्ण सुरु गरिएको थियो । चालु आर्थिक वर्ष २०७४÷०७५ मा सोहि अनुरुपकै ७३ वटा विद्यालय भवन निमार्ण गरिने इकाईका इन्जिनियर राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । हालसम्म २५ वटा विद्यालय भवन निमार्ण कार्य सम्पन्न भईसकेको छ ।


भुकम्पका कारण क्षतिग्रस्त विद्यालय भवन निर्माणलाई तिव्र गतिमा अघि बढाउन गएका पौष महिनादेखी जिल्ला आयोजना कार्यान्वयन इकाइ स्थापना भएको थियो ।




Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP