Listen Live

दोलखामा खुकुरी प्रहारबाट एक युवा गम्भिर घाइते


भदौ २२ दोलखा
दोलखाको कालिञ्चोक गाउँपालिकाका एक युवा खुकुरी प्रहारबाट गम्भिर घाइते भएका छन् । विगु गाउँपालीका वडा नम्बर ४ स्थित झोरुङ खोलामा नेकपा माओवादी केन्द्र कालिञ्चोक गाउँपालिकाका सह सयोंजक समेत रहेका अन्दाजी ३३ वर्षिया राम ढुंगेललाई सोही ठाउँका ४५ वर्षिया खड्ग बहादुर बुढाथोकीले खुकुरी प्रहार गरेका दोलखा प्रहरीले बताएको छ ।


खुकुरी प्रहारबाट घाइते भएका ढुगेंलको टाउकोमा गम्भिर चोट लागेको छ । उहाँलाई चरिकोट स्थित प्रस्तावित चरिकोट अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौ पठाइएको दोलखाका प्रहरी नायव उपरिक्षक  रामेश्वर कार्कीले जानकारी दिनुभयो ।


कामको शिलशिलामा लादुक पुगेका बुढाथोकीले आज दिउँसो ढुगेंललाई एक्कासी खुकुरी प्रहार गरेको बताइएको छ । प्रहरीका अनुसार पुरानो रिसइबिका कारण खुकुरी प्रहार गरीएको हो । खुकुरी प्रहार गर्ने बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुषन्धान भइरहेको दोलखा प्रहरीले बताएको छ ।

Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP