Listen Live

भ्रष्टाचार विरुद्ध नागरिक समाजमा अभियान, निर्वाचित जनप्रतिनिधिहरुको प्रतिवद्धता

भ्रष्टाचार विरुद्ध नागरिक समाजमा अभियान, निर्वाचित जनप्रतिनिधिहरुको प्रतिवद्धता


उषा तामाङ


२३ भदौ


भ्रष्टाचार विरुद्ध म खाँदिन भन्ने अभियानका साथ गैर सरकारी संस्था महासंघ दोलखा, मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखा, इन्सेक नेपाल, इकार्डस दोलखा र ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल लगायत नागरिक समाज संस्थाले आयोजना गरेको कार्यक्रम नवनिर्वाचित जनप्रतिनिधि सहित नागरिक समाजका प्रतिनिधि र सञ्चारकर्मीहरुले भ्रष्टाचार विरुद्ध प्रतिवद्धता जनाउँदै हस्ताक्षर गरेका छन् ।


कार्यक्रममा प्रतिवद्धता जाहेर गर्दै जिल्ला समन्वय समिति दोलखाका उप प्रमुख मनमाया जिरेलले सबै तह र तप्काबाट भ्रष्टाचार विरुद्ध जुट्नु पर्नेमा जोड दिनु भयो । सो अवसरमा वहाँले जिल्लामा स्थानीय तह मार्फत सञ्चालन भएका गतिविधिहरुमा बढी भ्रष्टाचार हुने गरेको गुनासो आएको बताउँनु भयो । भ्रष्टाचार एकले मात्र अन्त्य गर्न नसकिने भएकाले यसको लागि सामुहिक प्रयासको खाचो रहेको बताउँनु भयो । भ्रष्टाचार विरुद्ध नागरिक समाजका संस्थाहरुले सुरु गरेको अभियानमा जनप्रतिनिधिको पनि साथ र सहयोग रहने सो अव्रसरमा वहाँले प्रतिवद्धता जनाउनु भयो ।


कार्यक्रममा  भ्रष्टाचार विरुद्ध भ्रष्टाचार न्युनिकरणका लागी सुरुमा गैसस भित्र भएको कमिकमजोरी औल्याउँदै अघि बढनुपर्नेमा गैसस महासंघ दोलखाका अध्यक्ष धर्मेन्द्र मोक्तानले जोड दिनुभएको छ । सबैले प्रयास गरेको खण्डमा दोलखा जिल्लालाई भ्रष्टाचारमुक्त बनाउन सकिने वहाँले बताउँनु भयो ।


कार्यक्रममा बोल्दै मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाका अध्यक्ष होम पाठकले कोही कसैलाई पनि अनुमानको आधारमा भ्रष्टाचार वा रकम दुरुपयोगको आरोप लगाउन नहुने बताउँनु भयो । सो अवसरमा वहाँले हुराडेक नेपाल दोलखाका सबै पदाधिकारीहरुको सम्पक्ति विवरण सर्वाजनिक गर्ने बताउँनु भयो । विना प्रमाण गैससकर्मी माथी भ्रष्टाचारको आरोप लाग्ने गरेको भन्दै प्रमाणको आधारमा मात्र आरोप लगाउन मिल्ने पाठकले बताउँनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्या चिरञ्जीवी मास्केले समाजको विकृति भ्रष्टचार भएकाले सबै तह र तप्काबाट भ्रष्टचार निर्मुल पार्नका लागी आफुबाटै सुधार गर्न जरुरी रहेको बताउनु । कार्यक्रममा असल शासन समन्वय समिति दोलखाका अध्यक्ष दिपक बस्नेत र भ्रष्टाचारजन्य क्रियाकलाप न्युनिकरणका बारेमा कार्यत्रप प्रस्तुत गर्नु भएको थियो ।


कार्यक्रममा प्रतिवद्धता जाहेर गर्दै आगामी दिनमा दोलखालाई भ्रष्टाचार मुक्त जिल्ला वनाउँन प्रयास गर्ने सन्देश लेखिएको व्यानरमा एक सय भन्दा बढीले हस्ताक्षर गरेका छन् । कार्यक्रममा स्थानीय जनप्रतिनिधी, सरकारी निकाय, नागरीक समाज, विभिन्न संञ्चार माध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।

Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP