Listen Live

तामाकोशीको शेयरबाट आफ्ना सदस्यलाई बञ्चित नगराउने दोलखाका सहकारीकर्मीको भनाई

तामाकोशीको शेयरबाट आफ्ना सदस्यलाई बञ्चित नगराउने दोलखाका सहकारीकर्मीको भनाई


भदौ २४, दोलखा


दोलखाका सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई आर्थिक अभावका कारण माथिल्लो तामाकोशी आयोाजनाको शेयर लगानीबाट बञ्चित नगराउने बताएका छन् । सदरमुकाम चरिकोटमा शनिबार आयोजित कार्यक्रममा जिल्लाका सहकारी सघंसंस्थाले आर्थिक अभावका कारण आफ्ना शेयर सदस्यहरु आयोजनाको शेयर किन्नबाट बञ्चित हुन नपरोस् भनी आवश्यक सहयोग गर्ने सहमति गरेका छन् । शेयर लगानीका विषयमा जिल्लामा रहेका सहकारीहरुले आवश्यक तयारी गर्ने बारेमा समेत छलफल भएको छ ।


शेयर लगानीमा दोलखाका सहकारीको भुमिकाका विषयमा चरिकोटमा हिजो छलफल आयोजना गरिएको थियो । कार्यक्रममा माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा जिल्लाबासीको शेयर लगानीमा जिल्लाको सहकारीका भुमिकाको विषयमा छलफल गरिएको हो ।


कार्यक्रममा जिल्ला सहहकारी संघ लिमिटेड दोलखाका उपाध्यक्ष रत्न बहादुर श्रेष्ठले माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा जिल्लाबासीको शेयर लगानीमा जिल्लाको सहकारीका भुमिकाको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुत गर्नुहुदै श्रेष्ठले सर्वसाधारणमा जनचेतना जगाउनमा सहकारीको भुमिका, शेयर सदस्यहरुको आर्थिक व्यवस्थापनमा सहकारी संस्थाहरुको भुमिकाका विषयमा जानकारी गराउनुभयो ।


कार्यक्रममा जिल्लामा रहेका सहकारीका समसामयीक विषयमा छलफल गरिएको थियो ।

दोलखाका स्थानीय विकास अधिकारी शंकर नेपालले सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्ने र सहकारी संस्थाहरुलाई आवश्यक पर्ने ऋण विभिन्न सरकारी निकायहरुमा पहल गर्न सम्बन्धित संस्थाहरुलाई आग्रह गर्नुभयो ।
जिल्ला सहकारी संघ लिमिटेड दोलखाको आयोजना तथा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को सह आयोजनामा  कार्यक्रम सम्पन्न भएको हो ।

Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP