Listen Live

विद्यार्थीलाई जबरजस्तीकरणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

भदौ २९, चरिकोट
दोलखामा विद्यार्थीलाई जबरजस्तीकरणी गर्न खोज्ने शिक्षक पक्राउ परेका छन् । १९ गते जिल्लाको बिगु ८ स्थित कालिन्चोक आधारभुत विद्यालयमा अध्ययनरत छात्रालाई जबरजस्तीकरणी गर्न खोजेको आरोपमा शिक्षक सुन्दर काश पाण्डेलाई दोलखा प्रहरीले पक्राउ गरेको हो ।
विद्यालय समय पश्चात किताब दिने बहानामा कोठामा बोलाई जबरजस्तीकरणी गर्न खोजेको उजुरी जिल्ला प्रहरी कार्यालय दोलखामा परे पछि पक्राउ गरिएको दोलखाका प्रहरी निरीक्षक रमेश प्रधानले जानकारी दिनुभयो । 
पक्राउ परेका शिक्षक पाण्डे माथी ४ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP