Listen Live

कृषिमा जलवायु परिर्वतनको असरलाई कम गर्न दोलखाका किसानलाई मोवाईल सेट

असोज २, दोलखा


कृषि मन्त्रालय अन्र्तगत सञ्चालीत जलवायु समुत्थान सम्बन्धी नमुना कार्यक्रमले जलवायु परिर्वतनको असरबाट कृषि क्षेत्रमा पर्न सक्ने जोखीमलाई कम गर्न भन्दै दोलखाका कृषक समुहलाई सिम सहितको मोबाईल वितरण गरिएको छ ।


कृषि व्यवस्थापन सुचना प्रणालीलाई स्थापीत गरि कृषि क्षेत्रमा पर्न सक्ने जोखीमलाई सुचना तथा संचार प्रविधिको माध्यमबाट जलवायु सुचनाहरु, पुर्व चेतना प्रणाली अन्र्तगत कृषक समुदायलाई सुचना दिन सिमकार्ड सहित सामसुङ ग्यालेक्सी जे फाईब मोबाईल सेट र वर्षा मापन यन्त्र, तापक्रम मापन यन्त्र समेत वितरण गरेको छ । जिल्लाका १२ कृषि समुह र ८ पशु समुहलाई उक्त सामग्री वितरण गरिएको हो ।
परियोजनाले हाम्रो कृषि नामक मोबाईल एप्लिकेशन समेत सञ्चालनमा ल्याई मौसम सम्बन्धी जानकारी प्रदान गरिरहेको छ ।


जलवायु प्रभावित समुदायलाई मौसम तथा बाढी सम्बन्धि पुर्व सुचनाहरु अग्रसमयमा व्यवस्थीत रुपले प्रवाह गर्नका लागी उक्त समाग्री वितरण गरीएको जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाका डा. अनन्त कोइरालाले जानकारी दिनुभयो ।         


माटो पानी र मौसमको पुर्व जानकारीका समुचित प्रयोगले प्रतिकुल मौसमका असरहरु न्युनीकरण गर्नका साथै उपयुक्त मौसमबाट फाईदा लिनलाई उक्त सामग्रीले सहयोग गर्ने वरिष्ठ कृषि विकास अधिकृत नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।


विशव बैंकको ३ करोड १३ लाख अमेरिकी डलर सहयोगमा २० जुन २०१३ देखी ३० नोभेम्बर २०१८ सम्म सञ्चालन हुनेछ । आयोजना कृषि विकास मन्त्रालय र जल तथा मौसम विज्ञान विभागको सहकार्यमा नमुना परियोजनाको रुपमा देशका दोलखा सहित २५ जिल्लामा सञ्चालन गरिएको छ ।

Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP