Listen Live

परोपकारको अध्यक्षमा पुन सापकोटा

परोपकारको अध्यक्षमा पुन सापकोटा


दोलखा, असोज ६


परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लि.को छैठौ वार्षिक साधारण सभा बिहिबार सम्पन्न भएको छ । साधारण सभाको दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष जिवसराज खड्काले उद्घाटन गर्नुभएको थियो ।  


साधारणमा संस्थाकी सचिव अप्सरा चौलागाईले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सिर्जना न्यौपानेले कुल ६ करोड २७ लाख ७३ हजार ८ सय ९७ बराबरको आर्थिक विवरण प्रस्तुत गर्नु भएको थिायो ।
साधारण सभाको अबसरमा संस्थाले उत्कृष्ठ ऋणी कल्पना भुजेल उत्कृष्ठ बचत कता सञ्जीता कायस्थ, जेष्ठ सदस्य बुद्धमाया सिवाकोटी उत्कृष्ठ बाल बचत कर्ता वितृष्ण घिमिरेलाई नगद सहित प्रमाण पत्रले सम्मान गरेको थियो  ।


यसैबिच साधारण सभाले पुन शर्मिला सापकोटाको अध्यक्षतामा ११ सदस्यीय संञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सोभिता पोखरेल, सचिवमा अप्सरा चौलागाई, कोषाध्यक्षमा सृजना न्यौपाने चयन हुनु भएको छ । सदस्यहरुमा शुसिला थापा, सुनिता पोखरेल, कल्याणी सिवाकोटी, मन्दिरा दहाल, कल्पना भूजेल, भवानी खड्का र ज्ञानुमाया थामी रहेका छन् । बिहिबार नै सान्द्रा कार्कीको संयोजकत्वमा तिन सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत चयन गरिएको छ । सदस्यहरुमा सावित्रि खड्का र जानकी सापकोटा रहेका छन ।


संस्थाकी अध्यक्ष शर्मिला सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला सहकारी सं्घ लि.का निवर्तमान अध्यक्ष शिवजी राउत कोषाध्यक्ष कृष्ण प्रसाद दहाल, सचिव रुपा भुजेल, कालिञ्चोक एफ एमकी गायत्री आचार्य लगायतले  शुभकामना मन्तव्य राख्नुभएको थियो ।


१ हजार ५० महिला शेयर सदस्य र १ सय ५० बालिका सदस्य रहेको उक्त संस्था जिल्लाकै नमुना महिला सहकारी संस्थाको रुपमा स्थापित भई डिभिजन सहकारी कार्यालय दोलखाबाट उत्कृष्ठ सहकारी संस्थको रुपमा समेत सम्मानित भएको थियो ।



Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP