Listen Live

महिला मानव अधिकार रक्षक सञ्जालको अध्यक्षमा पार्वती कार्की चयन

असोज ७, चरिकोट
महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जाल दोलखाको प्रथम साधारण सभा आज सम्पन्न भएको छ ।  
साधारण सभाले पार्वती कार्की थापाको अध्यक्षतामा सञ्जालको नयाँ कार्य समिति चयन गरेको छ । सञ्जालको सचिवमा विना श्रेष्ठ, कोषाध्यक्षमा निरु शिवाकोटी, सदस्यमा राधा चापागार्इँ, सुशिला थापा, पार्वती खड्का, तारा लामा, उषा थापा, राजकुमारी श्रेष्ठ, देवकी बस्नेत, गिता बुढाथोकी, जमुना श्रेष्ठ, देवि बसेल रहनुभएको छ । 
यसैगरी सञ्जालको सल्लाहकारमा सृजना कार्की, शर्मिला थापा, विनिता शिवाकोटी र सूर्जा दाहाल रहनुभएको छ । 
सञ्जालकी अध्यक्ष सृजना कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा भिमेश्वर नगरपालिकाकी उपमेयर कमला बस्नेत, महिला तथा बालबालिका कार्यलय दोलखाकी महिला विकास अधिकृत मिना पौडेल, प्रहरी निरीक्षक अनु लामा, सिविन नेपाल दोलखाका सन्तोष विमली लगाएतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP