Listen Live

स्वआर्जन कृषि सहकारीको अध्यक्षमा पुन हरिहर न्यौपाने चयन

असोज ७, चरिकोट
भिमेश्वर नगरपालिका ६ स्थित स्वआर्जन कृषि सहकारी संस्था लि. दोलखाको नौवौँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सदरमूकाम चरिकोटमा भएको साधारण सभामा संस्थाका सचिव रामशरण थापाले २०७३÷७४ को प्रगती प्रतिवेदन र ७४÷७५ को निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । 
यसैगरी संस्थाका कोषाध्यक्ष गोकूल प्रसाद न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । लेखा सुपरिवेक्षण समितिका सयोंजक यादव प्रसाद दाहालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभाको अवसरमा संस्थाले शेयर सदस्य छोराछोरीमध्ये उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । 
सम्मानित हुनेमा दिवान न्यौपाने, दिपेन्द्र न्यौपाने, समिक्षा सुवेदी, सावित्री न्यौपाने रहेका छन् । यसैगरी उत्कृष्ट कृषकको रुपमा माधव न्यौपानेलाई नगद सहित सम्मान गरेको छ । उत्कृष्ट बचतकर्ता र ऋणीको रुपमा देवी थामी, गिता विक, सन्तोष भुजेल, यादव कार्कीलाई सम्मान गरेको छ । यसैगरी उत्कृष्ट शेयर सदस्यका रुपमा तुलसा देवि न्यौपाने, उत्कृष्ट कर्मचारी सुनिता न्यौपानेलाई सम्मान गरेको छ ।  संस्थाका अध्यक्ष हरिहर प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा भिमेश्वर नगरपालिकाकी उपमेयर कमला वस्नेत, भिनपा ६ का वडाअध्यक्ष नविन लामा लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । 
यसैबीच साधारण सभाले पुन हरिहर न्यौपानेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा पुन हरिशरण न्यौपाने, सचिवमा रामशहरण थापा, कोषाध्यक्षमा कुल प्रसाद न्यौपाने र सदस्यमा भक्त बहादुर थापा लगाएत अन्य सदस्यहरु च्यन गरिएको छ । यसैगरी पुन यादव प्रसाद दाहालको सयोंजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति पनि गठन गरिएको छ । 

Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP