Listen Live

प्रगतिशिल लेखक संघ दोलखाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

प्रगतिशिल लेखक संघ दोलखाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न
असोज ७, चरिकोट
प्रगतिशिल लेखक संघ जिल्ला समिति दोलखाको पाँचौ वार्षिक साधारण सभा  चरिकोटमा आज सम्पन्न भएको छ । साधारण सभाको प्रगतिशिल लेखक संघका केन्द्रिय सदस्य जीत कार्कीले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । 
साधारण सभाको अवसरमा संघका अध्यक्ष सुन्दर खडकाले संघको सङगठानिक प्रतिवेदन  तथा कोषाध्यक्ष बलराम के सीले संघको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 
कार्यक्रममा उपस्थित साहितिक व्यक्तिहरु गजलकार जित कार्की, अन्य उपस्थित श्रष्टाहरु चित्र पाठक, तारा बहादुर महत बि एन महतो, गायत्री आचार्य, प्रकृति श्रेष्ठ लगाएतलका उपस्थित श्रष्टाहरुले आ–आफ्ना रचना बाचन गरेका थिए । 
सोही अवसरमा नजिकिदै गरेको महान् चाड दशैँ, तिहारको उपलध्यमा  २०७४ सालको शुभकामना आदान–प्रदान गरिएको छ । कार्यक्रम संघका अध्यक्ष सुन्दर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । 

Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP