Listen Live

दोलखामा प्रमुख ३ दलले सिफारीस ग¥योे प्रतिनिध सभा प्रदेश सभाका उम्मेद्वार


असोज २१÷दोलखा


दोलखामा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको सरगर्मी बढेको छ । सदरमुकाम स्थित होटल, चोक तथा पार्टि कार्यालयमा भिड देखीनुका साथै चुनावकै विषयमा बहस हुने गरेको छ । प्रमुख ३ दल नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादिले प्रदेश सभा र प्रतिनिधि सभाको उम्मेद्वारको टुंगो लगाएको छ ।


नेपाली काङ्ग्रेस दोलखाको १७ गते बसेको जिल्ला कार्यसमिति र क्षेत्रीय पदाधिकारीको संयुक्त बैठकले उम्मेद्वारको नाम टुंगो लगाइ केन्द्रमा सिफारिस गरेको छ ।  


काङ्ग्रेसले प्रतिनिधिसभा प्रत्यक्षतर्फ पूर्व पार्टी सभापतिहरु उद्धवराज काफ्ले, देवि प्रसाद न्यौपाने, ताराबहादुर कोईराला, बर्तमान पार्टी सभापति रुद्र बहादुर खड्का, महाधिवेशन प्रतिनिधि कुन्दनराज काफ्ले र पूर्व केन्द्रीय सदस्य जिपछिरिङ लामाको नाम सिफारिस गरिएको कांगे्रस दोलखाले जनाएको छ । पार्टीले प्रतिनिधिसभाका लागि प्रत्यक्षमा सिफारिस भएका ६ जना सहित पूर्व पार्टी सभापति माधवमणि राज भण्डारी, पूर्व पार्टी उपसभापति शान्ता कृष्ण श्रेष्ठ, र पूर्व महाधिवेशन प्रतिनिधि बिरमान शेर्पालाई सिफारिस गरेको छ ।


यसैगरी प्रदेशसभा क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फ कांगे्रसका महासमिती सदस्य बर्मा लामा, क्षेत्र नं १ का पूर्व क्षेत्रिय सभापति राजु उप्रेती र स्वार्गीय भीमबहादुर तमाङका छोरा दिपक तामाङ र जिल्ला कार्यसमिती सदस्य श्याम प्रसाद उप्रेतीलाई सिफारिस गरिएको कांगे्रस दोलखाका सचिव सन्तोष रिमालले जानकारी दिनुभयो ।


प्रदेशसभाको लागि समानुपातिकतर्फ क्षेत्र नं १ बाट भवेन्द्र कार्की, कृष्ण गोपाल केसी, सृजना सुवेदी, बिनिता अधिकारी, तारा थपलिया, रोचना उप्रेतीलाई सिफारिस गरेको छ । प्रदेशसभाको लागि समानुपातिकत (जनजाती ) तर्फ चरित्र कुमार बम्जन लाई सिफारीस गरेको छ । समानुपातिक(अल्पसंख्यक)तर्फ क्षेत्र नं १ बाट आङपासाङ शेर्पा र समानुपातिक (अल्पसंख्यक अपाङग) तर्फ क्षेत्र नं १ पुष्कर खड्का, प्रदेशसभाको लागि समानुपातिक (जनजाती) तर्फ अमृत जिरेललाई सिफारिस गरेको बताइएको छ ।

प्रदेशसभा क्षेत्र नम्बर २ को प्रत्यक्षतर्फ कांगे्रसका महासमिती सदस्य केशव चौलागाई, महाधिवेशन प्रतिनिधि ईश्वर नारायण मान्नधर,  जिल्ला कार्य समिती सदस्य राकेश श्रेष्ठ, बर्तमान क्षेत्रिय अध्यक्ष जयराम श्रेष्ठ, महाधिवेशन प्रतिनिधि कुलराज थापा ,तरुण दल दोलखाका पूर्व उपाध्यक्ष कुमार अधिकारी, युवा नेता गोपी कुमार शिवाकोटी, पूर्व महाधिवेशन प्रतिनिधि सन्तोष पाण्डे, महाधिवेशन प्रतिनिधि च्याङगा शेर्पा, पूर्व गाविस अध्यक्ष रामबहादुर बस्न्यात, सिताराम शाही ठकुरी , पूर्व पार्टी सचिव चित्रबहादुर कार्की, दावा दोर्जे लामा, बैकुण्ठ नारायण प्रधान, र कांगे्रस नेता जगत बहादुर श्रेष्ठलाई सिफारिस गरेको छ ।
प्रदेशसभाको लागि समानुपातिकतर्फ क्षेत्र नं २ बाट गोपी लाल थामी, आङनिमा शेर्पा, सिंह बहादुर तमाङ,  रोदना घिमिरे, मोहन रिजाल, तत्वकृष्ण श्रेष्ठ, रुपा श्रेष्ठ लाई सिफारिस गरिएको कांगे्रस दोलखाले जनाएको छ ।


नेकपा एमाले दोलखाद्धारा प्रतिनिधि सभाका लागी प्रत्यक्ष तर्फ ५ जनाको नाम सिफारीस



नेकपा एमाले दोलखाले पनि प्रतिनिधि सभा र प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार सर्वसम्मत रुपमा सिफारिश गरेको छ । शुक्रवार बसेको जिल्ला कमिटी बैठकले केन्द्र र प्रदेश दुवैमा नेताहरुको योग्यता र क्षमताका आधारमा उम्मेदवार सिफारिश गरेको हो ।


बैठकले एक निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभामा प्रत्यक्षतर्फ पोलिटब्युरो सदस्य पशुपति चौलागाई, केन्द्रीय सदस्य तथा दोलखा इञ्चार्ज पार्वत गुरुङ, पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, प्रचार बिभाग प्रमुख धर्मेन्द्र मोक्तान र दोलखा काठमाडौं सम्पर्क मञ्चका पूर्व अध्यक्ष दिब्यध्वज कार्कीको नाम सिफारिश गरेको छ । यसैगरी एमाले दोलखाले प्रतिनिधिसभामा समानुपातिकतर्फ केन्द्रीय सदस्य इश्वरी रिजाल, बैकल्पिक केन्द्रीय सदस्य रचना खडका, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, पूर्व सांसद शान्ति पाख्रिन र जनजाती नेता पासाङ शेर्पाको नाम सिफारिश गरेको छ ।


यस्तै प्रदेश सभातर्फ क्षेत्र नं १ को प्रत्यक्षतर्फ केन्द्रीय अनुशासन आयोगका सदस्य शिवप्रसाद भण्डारी, प्रदेश ३ संगठन कमिटीका संयोजक श्यामकुमार बस्नेत, पूर्व सचिव बशन्तराज कार्की, जिल्ला सचिवालय सदस्य बाबुकाजी कार्की, भीम दाहाल र गोपाल न्यौपानेको नाम सिफारिश गरेको छ ।


समानुपातिकतर्फ सरस्वती बस्नेत, मित्र जिरेल, हर्कमान पाख्रिन, शान्तिकुमारी तामाङ, रोजकुमारी चौलागाँई, उर्मिला सुनुवारको नाम सिफारिश गरेको छ । क्षेत्रीय कमिटीको सिफारिशअनुसार जिल्ला कमिटी बैठकले सर्वसम्मत रुपमा ती नाम सिफारिश गरेको हो ।


प्रदेश २ मा प्रत्यक्षतर्फ लालकुमार केसी, बालकृष्ण शिवाकोटी, भुवन केसी, दिनेश शिवाकोटी र गुणबहादुर बुढाथोकीको नाम सिफारिश गरिएको छ । यसैगरी समानुपातिकतर्फ ठुला थामी, धनबहादुर तामाङ, थीरबहादुर मोक्तान, घणश्याम रिजाल, कमला ओली, भवानी कार्की र टेकबहादुर घतानीको नाम सिफारिस गरिएको छ ।


एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेलले योग्यता क्षमताका आधारमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि बिवादरहित ढंगबाट उम्मेदवार सिफारिश गरिएको बताउनु भयो ।



नेकपा माओवादी केन्द्र दोलखाको तर्फबाट प्रतिनिधि सभाका लागी प्रत्यक्ष तर्फ देवी खड्का उम्मेद्धार



नेकपा माओवादी केन्द्र दोलखाले पनि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्ष्य र समानुपातिक तर्फको उम्मेदवार चयन गरेको छ । असोज १९ गते बसेको जिल्ला कमिटीको बैठकले सर्वसम्मत रुपमा उम्मेदवारहरुको नाम चयन गरेको हो ।
प्रतिनिधि सभा सदस्यका लागि माओवादी केन्द्रवाट प्रत्यक्ष तर्फ नेतृ देवी खड्का उम्मेदवार बन्नुहुने भएको छ । प्रतिनिधि सभाको समानुपातिकतर्फ कृष्ण भुजेल, रिता रिमाल, नविन जिरेल र भिमवहादुर श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ ।


माओवादी केन्द्रले प्रदेश सभाका लागि दोलखा क्षेत्र नम्बर १ मा विशाल खड्का र क्षेत्र नम्बर २ मा नरवहादुर पाख्रिनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रदेश सभाका लागि समानुपातिक तर्फ दोलखा क्षेत्र नम्बर १ मा हिमाली गोले, छिरिङ शेर्पा, डिएन शेर्पा, तेजवहादुर गोले, तक्त जिरेल र कृष्णमाया कार्की तथा क्षेत्र नम्बर २ तर्फ बर्जुराम घतानी, सोम तामाङ, लक्ष्मी थामी र जितकुमार मोक्तानको नाम शिफारिस गर्ने निर्णय भएको माओवादी केन्द्रले जनाएको छ ।


Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP