Listen Live

दोलखामा आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

असोज २२, चरिकोट


आफ्नै आमाको हत्या गरेको आरोपमा दोलखा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । आज दिउँसो करिव १ः३० बजेको सयममा भिमेश्वर नगरपालिका वडा नम्बर ८ मोहर टोल बस्ने ३५ वर्षका कुमार बस्नेतलाई पक्राउ गरेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।


प्रहरीका अनुसार बस्नेतले आफ्नै आमा खड्ग माया बस्नेतलाई टाउकोमा दाउराले प्रहार गरी हत्या गरेका थिए । बारीमा घाँस काटिरहेको अवस्थामा खड्ग मायाको टाउकोमा दाउराले प्रहार गर्दा उहाँको घटनास्थलमै मुत्यु भएको दोलखा प्रहरीले जनाएको छ ।


कुमारले किन आफ्नै आमाको हत्या गरे भन्नेबारेमा कारण खुल्न सकेको छैन । घटनामा संलग्न भएको आंशाकामा मृतक खड्गमायाको छोरा ३५ वर्षिया कुमार बस्नेतलाई नियन्त्रणमा लिइन थप अनुषन्धान भइरहेको दोलखा प्रहरीले जनाएको छ ।

Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP