Listen Live

मेलुङ गाउँपालीकाको २ वडामा एक बालक सहित ५ जनामा कुपोषण देखा प¥यो

मंसीर २, दोलखा


दोलखाको मेलुङ गाउँपालीकाको २ वडामा एक बालक सहित ५ जनामा कुपोषण देखा परेको छ । नेपाल जनस्वास्थ्य तथा शिक्षा समुहको सहयोगमा आज मेलुङ गाउँपालीकामा कुपोषण परिक्षण गरिएको थियो ।


परिक्षणका क्रममा गाउँपालीकाको वडा नम्बर २ र ३ मा रहेका एक बालक सहित ४ महिलामा कुपोषण देखा परेको नेपाल जनस्वास्थ्य तथा शिक्षा समुहका पोषण अधिकृत नविना कार्कीेले जानकारी दिनुभयो ।


परिक्षणमा उक्त २ वडामा रहेका ६ महिना देखी ५९ महिना सम्मका ९१ बालक, ९३ बालिका गरी १ सय ८४ जना बालबालिका र ४४ जना गर्भवति तथा सुत्केरी महिलाको सहभागीता रहेको थियो ।  


नेपाल जनस्वास्थ्य तथा शिक्षा समुहले २ वर्ष भित्रमा बालबालिका गर्भवति र महिलामा हुने कुपोषण अन्त्यका लागी कार्यक्रम सञ्चालन गर्ने कालिन्चोक सहकर्मी दिपक कुमार अत्रीले जानकारी दिनुभयो ।  

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP