Listen Live

४ केजी तयारी गाँजा सहित एक वृद्ध सिंगटीबाट पक्राउ

मंसीर २, दोलखा


गाँजा बेचविखन गरेको आरोपमा इलाका प्रहरी कार्यालय सिंगटीले एक वृद्धलाई पक्राउ गरेको छ ।


लामो समयदेखी गाँजा बेचविखन गरेको आरोपमा विगु गाउँपालीका वडा नम्बर ४ सिंगटी बजारका ७७ वर्षिया तुलाविर थामीलाई पक्राउ गरिएको हो ।


थामीलाई करिव ४ केजी तयारी गाँजा सहित पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिनुभयो ।

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP