Listen Live

दोलखा जिल्ला मादक पदार्थ निषेधित क्षेत्र घोषणा

मंसीर ३, दोलखा


दोलखा जिल्लालाई मादक पदार्थ निषेधित क्षेत्र घोषणा गरिएको छ । नजिकिदै गरेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई मध्यनजर गरी जिल्ला भित्र शान्ति सुरक्षा भङ्ग हुन नदिन आज देखी १३ गते सम्म जिल्लालाई मादक पदार्थ निषेधित क्षेत्र घोषणा गरिएको हो ।


जिल्ला भित्र मादक पदार्थ बिक्री वितरण तथा ओसारपसारमा पुर्ण रुपले रोक लगाउन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ को खण्ड क बमोजिम जिल्लाको सम्पुर्ण भागलाई मादक पदार्थ निषेधित क्षेत्र घोषणा गर्न आदेश जारी गरीएको हो ।


उक्त अवधिमा कोहि कसैबाट आदेशको उल्लंघन गरिएमा कानुन बमोजिम कारवाहि हुने दोलखाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापाले जानकारी दिनुभयो ।

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP