Listen Live

दोलखामा सुरक्षा ब्यवस्था मजबुद ३६ स्थानमा शसस्त्र र नेपाल प्रहरीको बेस क्याम्प राखीयो

मंसीर ८, दोलखा


पर्सी हुने निर्वाचनलाई लक्षित गरी दोलखामा सुरक्षा ब्यवस्था थप मजबुद बनाइएको  स्थानीय प्रशासनले बताएको छ ।


विगतमा भएको स्थानीय तह निर्वाचनताका हिंसा भड्एिको दोलखामा यसपालीको निर्वाचन शन्तपूर्ण वातावरणमा सम्पन्न गर्न सवै निकाय सक्रियता पूर्वक लागिपरेको  निर्वाचन सुरक्षा समितिका सयोंजक एवम् प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापाले जानकारी दिनुभयो ।


उहाँका अनुसार यसअघि जिल्लाको विभिन्न १० ठाउँमा शसस्त्र प्रहरीको बेस क्याम्प स्थापना गरिएकोमा आज २ ठाउँमा थप गरिएको छ । आज गौरीशंकर गाउँपालिकाको इविथान र तामाकोशीको कालापानीमा शसन्त्र प्रहरीको बेस क्यामप स्थापना गरिएको हो ।

यो सँगै निर्वाचन लक्षित १२ ठाउँमा सशस्त्र प्रहरीको बेस क्याम्प स्थापना गरिएको छ । यसैगरी यसअघि २० ठाउँमा नेपाल प्रहरीको क्याम्प रहेकामा आज थप ४ ठाउँमा थप गरी २४ ठाउँमा राखिएको प्रजिअ थापाले जानकारी दिनुभयो ।


यसरी थप सुरक्षाकर्मी परिचालन गर्नुका साथै निर्वाचनमा खटिएका सवै निकायका पदाधिकारीलाई सक्रियतापूर्वक अलर्ट भएर रहन भनिएको पनि प्रजिअ थापाले जानकारी दिनुभयो । यसैगरी जिल्लामा कुनैपनि किसिमको हिंसात्मक घटना हुन नदिन निरन्तर रुपमा अनुगमन भइरहेको थापाले जानकारी दिनुभयो ।


यसैबीच निर्वाचन लक्षित सुरक्षा ब्यवस्था मजबुद बनाइकाले ढुक्क भएर मतदान गर्न सम्पूर्ण मतदातालाई निर्वाचन कार्यलयले आग्रह गरेको छ ।

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP