Listen Live

दोलखाको जिरी बाट ८ युवा पक्राउ

मङ्सिर ९ - दोलखा // दोलखाको जिरी बाट प्रहरीले ८ युवालाइ पक्राउ गरेको छ । काठमाण्डौ र सिन्धुपाल्चोक को विभिन्न ठाउबाट आएका ८ जना युवालाई प्रहरीले पक्राउ गरेको हो । जिल्लामा स्थानिय मतदाता बाहेकका व्यक्तिले चुनावको समयमा बुथ कब्जा गर्ने आशंकमा जिल्ला बाहिरका व्यक्तिलाई चुनाव भरी प्रवेशमा रोक लगाएको दोलखाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कील बताउनुभयो । पक्राउ परको युवाहरुलाई थप अनुसन्धानको लागि  जिल्ला प्रहरी कार्यालय  दोलखा ल्याइदै गरेको कार्किले जानकारी दिनुभयो । 

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP