Listen Live

दोलखामा शान्तिपुर्ण रुपमा मतदान सुरु

दोलखामा शान्तिपुर्ण रुपमा मतदान सुरु


मंसीर १०, चरिकोट


दोलखामा शान्तिपुर्ण रुपमा मतदान सुरु भएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । यस अघिका निर्वाचनमा मतदान सुरु हुने समयमा मतदान स्थलमा झै झगडा, वादविवाद, तनाव सिर्जना हुने गरिएकोमा अहिलेको निर्वाचनमा हाल सम्म त्यस्तो कुनै गतिविधि नभएको कार्यालयको भनाई छ ।


दोलखामा सबै भन्दा पहिला वैत्यश्वर गाउँपालीका वडा नम्बर १ गैरिमुदी स्थित पिपलडाँडामा मतदान सुरु भएको थियो । जहाँ स्थानीय तहको निर्वाचनमा तनाव सिर्जना भएको थियो । यसैगरि गौरिशंकर गाउँपालीकाको जुँगु स्थित सेति देवी प्राथमीक विद्यालय मतदान केन्द्रमा नेकपा माओवादिका नेतृ एवम् पुर्वराज्य मन्त्री देवी खड्काले मतदान गरि मतदान सुरु भएको छ ।


६ बजे देखी नै मतदाता मतदानका लागी घरबाट निस्केका थिए । अशक्त, वृद्धवृद्धा, गर्भवति महिलाहरुलाई विशेष प्रथामीकताका साथ मतदान गर्ने व्यवस्था मिलाइएको दोलखाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापाले जानकारी दिनुभयो ।  


प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि दोलखाबाट ३८ उम्मेद्ध्वार चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचनमा  दोलखाका ७३ हजार ८ सय ७८ पुरुष र ७४ हजार ४५ जना महिला गरी एक लाख ४७ हजार ९ सय २३ जना सहभागी हुँदैछन् । स्थानीय तह निर्वाचनमा दोलखाका एक लाख  ३३ हजार ४ सय ८४ जना सहभागी भएका थिए । मतदाताको संख्या बढेसँगै जिल्लामा १२ मतदान केन्द्र थप गरिएको छ । स्थानीय तह निर्वाचनका लागि जिल्लामा एक सय ७८ मतदान केन्द्र रहेकामा आज हुने निर्वाचनका लागि एक सय ९० मतदान केन्द्र तोकिएको छ ।

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP