Listen Live

सदरमुकाम चरिकोटका दुई स्थनामा शंकास्पद वस्तु फेला

मंसीर १०, चरिकोट


दोलखा सदरमुकाम चरिकोटका दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ । सदरमुकाम चरिकोट स्थित सातदोबाटो चोकबाट केहि तल सडक डिभिजन कार्यालय अगाडिको सडकमा शंकास्पद वस्तु फेला परेको हो ।
दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सुचना अधिकारी बालकृष्ण कट्वालका अनुसार बाटो हिड्ने स्थानीयले शंकास्पद वस्तु देखे पछि प्रशासनलाई खबर गरेका थिए ।

यसैगरी लामासाँघु जिरी सडक खण्डमा पर्ने भिमेश्वर नगरपालीका स्थित बालगृह अगाडी शंकास्पद वस्तु फेला परेको हो ।

मतदातालाई तर्साउनका लागी पाईप भित्र केहि वस्तु राखेको हुन सक्ने सहायक प्रजिअ कट्वालको भनाई छ ।

शंकास्पद वस्तु भएको स्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगिसकेको छ ।

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP